ईलाममा पहिरोमा परी १४ जनाको मृत्यु।

काठमाडौँ, ईलाम मा पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५माने भञ्ज्याङमा-५जना,इलाम नगरपालिका–६ घोसमा छ जना र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो।पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उनले बताईन ।यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्