पाँचथर जिप दुर्घटनाः छ जनाको मत्यु,छ जनाको अवस्था गम्भीर।

पाँचथर,तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
ताप्लेजुङबाट धरानतर्फ गइरहेको मे १ ज ३०५५ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२
प्रतिक्रिया दिनुहोस्