प्रतिनिधि सभा विघटन लगत्तै सुशीला कार्कीलाई शपथ खुवाउने सहमति

काठमाडौं, शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । लामो रस्साकस्सीपछि प्रतिनिधिसभा विघटन गरी कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको स्रोतले जनाएको हो ।
आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आजै राति ८ः४५ मा कार्कीलाई शपथ खुवाउने तयारी रहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्