Shittalpati
माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट सहयोग

पाल्पा, माछापुच्छ्रे बैक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट सहयोग  गरेको  छ । बैंकले  यहाँको रिब्दीकोट गाउँपालिका –५ मा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले सोमबार विद्यालयमै पुगेर उक्त सामग्री हस्तान्तरण गरेको हो ।  बैंकका शाखा प्रबन्धक विक्रान्त राणाले विद्यालयका प्रअ मिना कुमारी पचभैयालाई उक्त सामग्री हस्तान्तरण  गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै शाखा प्रबन्धक राणाले विद्यार्थीहरुको दैनिक एसेम्ब्ली तथा अन्य विविध कार्यक्रम सञ्चालनको लागि सहजीकरण हुने र बाल कक्षा सञ्चालनको लागि कार्पेटले  महत्वपूर्ण भूमिका खेल्ने भएकाले साउण्ड स्पिकर र कार्पेट सहयोग  गरेको बताए । उनले आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयहरुलाई सहयोग गर्दै जाने उल्लेख गरे । विद्यालयका प्र.अ पचभैयाले बैंकले विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रंशसनिय रहेको भन्दै धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिवम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी लगायतका बैंकका कर्मचारीहरु उक्त सामग्री लिएर विद्यालय पुगेका थिए । विद्यालयका प्रअ मिना कुमारी पचभैयाको अध्यक्षता, ऋषिराम भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update