Shittalpati
पाल्पामा स्वास्थ्य कार्यालयको प्रगति ८२ प्रतिशत

पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाको चालु आर्थिक बर्षको समग्र प्रगति ८२ प्रतिशत रहेको छ ।  कार्यालयले शनिबार तानसेनमा  आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको सार्वजनिक गर्दै  कुल बजेटको ८२  प्रतिशत प्रगति हासिल गर्न सफल भएको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले संघीय शसर्त अनुदानतर्फ ३ करोड ६१ लाख बजेट प्राप्त भएकोमा २ करोड ४५ लाख ८८ हजार  खर्च भई ६८ प्रतिशत प्रगति हासिल गरेको  बताए । यसैगरी प्रदेश सरकारबाट प्राप्त १ करोड ९० लाख २५ हजार बजेट मध्ये १ करोड ७८ लाख ९९ हजार  खर्च गरी ९४ प्रतिशत, चालु खर्च अन्तर्गत १ करोड २८ लाखमा १ करोड २० लाख खर्च  अर्थात् ९४ प्रतिशत गरी समग्रमा ८२ प्रतिशत प्रगति गरेको निमित्त प्रमुख पोखरेलले उल्लेख गरे । कार्यालयका बरिष्ठ क्षयकुष्ठ रोग फोकल पर्सन विश्वनाथ न्यौपाने जिल्लामा नसर्ने रोगको डरलाग्दो अवस्थाको तथ्याङ्क सार्वनजिक गरेका छन् । उनले नसर्ने रोगको जिल्लाको १० वटै पालिकामा गरेको स्क्रिनिङ्ग तथ्याड्ढ सार्वजनिक गर्दै अवस्था डरलाग्दो रहेको बताए ।  कार्यालयले ३० वर्ष भन्दा माथि उमेर समुहका १३ हजार ५ सय ३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा  ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४.५ प्रतिशतमा सामान्य तौल भएको, २.७ प्रतिशतमा कम तौल भएको, ३४.३ मा बढी तौल भएको र ४८.५ प्रतिशतमा मोटोपन भएको पाईएको छ । यसैगरी उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा शुरुवाती चरण देखी उच्च अवस्थामा पुगेको पाईएको छ । बढ्दोमात्रामा रहेको नसर्ने रोगको पछिल्लो तथ्याड्ढ सार्वजनिक गर्दै नागरिकको  स्वास्थ्य अवस्था प्रति कार्यालयले सम्बन्धित स्थानीय तहलाई सचेत  समेत गराएको छ । न्यौपानेले जिलाको पारिवारिक स्वास्थ्य अवस्थाको तथ्याड्ढ  समेत प्रस्तुत गरेका थिए । उनले सार्वजनिक गरेको तथ्याड्ढले जनसंख्या दर घट्दो रहेको बताए । जसमा १९ बर्षमुनि उमेर समुहमा महिलाको जनसंख्या घट्दो रुपमा पाईएको छ । यो उमेर समुहको जनसंख्या ३५ हजार ८ सय ८७ रहेकोमा पुरुष १८ हजार २४ जना र महिला १७ हजार ८ सय ६३ जना रहेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले भाषणमा नभई तथ्याड्ढमा आधारित रहेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको बताए । ...सार्वजनिक तथ्याड्ढको रिपोर्टलाई आधार बनाएर पालिकाहरुले स्वास्थ्य क्षेत्रमा निति नियम तथा कार्यक्रम बजेटमा ध्यान दिएमात्र प्रदेश सरकारले तथ्याड्ढ संकलनमा गरेको लगानी उपयोगी हुने  स्वास्थ्यमन्त्री सारुले जोड दिए ।

स्वास्थ्य मन्त्रालयदेखी स्वास्थ्य चौकीसम्म शुसासन, जवाफदेहिताबाटै जनताको आधा स्वास्थ्य समस्या समाधान हुने भएकाले सो अवस्था कायम गर्न लागि परेको प्रदेश स्वास्थ्यमन्त्री सारुले  बताए । जनताको उमेर अनुसार देखिने स्वास्थ्य समस्यालाई न्युनिकरण गर्नको लागि गणकहरु घर–घरमा पुगेर पारिवारिक स्वास्थ्य अवस्था प्रोफाईल तयार गरेर प्रदेश सरकारले सोही अनुसारको निति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएर काम शुरु गरेको उनको भनाई छ । अहिले जताततै सर्ने रोग भन्दा नसर्ने रोग अत्याधिक बढेको, प्रदेश सरकारको पनि नसर्ने रोगको उपचारको सहयोगको लागि चालु आर्थिक बर्षमा १३ करोड खर्च गरेको आगामी बजेटमा १९ करोड बजेट विनियोजन गर्नुपरेको र प्रत्येक बर्ष बजेटको आकार बढ्दै गएकाले नसर्ने रोगको स्क्रिनिङ गरेर रोकथामका उपायहरु स्वस्थ खानपान, नियमित व्याम, तनाव व्यबस्थापन जस्ता विषयमा मन्त्रालयले कार्यक्रम गरी कार्यान्वयनमा ल्याएको मन्त्री सारुले जोड दिए । कार्यक्रममा प्रदेश सांसद इन्द्रा गहतराज, स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, जिल्ला समन्य समितिका प्रमुख टंकनाथ खनाल, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत हुम बहादुर आले, पव्लिक हेल्थ नर्स शान्ती भण्डारी लगायतले स्वास्थ्य कार्यालयको कार्य प्रगति तथा प्रकाशित तथ्याड्ढको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update