Shittalpati
प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम 

पाल्पा, प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकारको क्षमता विकास तालिम सञ्चालन गरेको छ । युनियनले पत्रकारितामा रुची भएकाहरुलाई लक्षित गरी क्षमता विकास तालिम सञ्चालन गरेको हो । 

विहीबार तानसेनस्थित मोहन कन्या माविमा तालिम सञ्चालन गरिएको युनियनले जनाएको छ । तालिममा युनियनका केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्यालले डिजिटल मिडिया र यसको प्रयोग, एआई, साइबरक्राइम र  युनियन पाल्पाका निवर्तमान सभापति भरत शर्माले पत्रकार र पत्रकारिता, समाचार लेखन, समाचारका स्रोत, समाचारको विश्वसनियता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

पत्रकारिता क्षेत्रमा लागेका र लाग्न चाहनेहरुका लागि युनियनले बेला बेलामा तालिमहरु सञ्चालन गर्दै आएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताइन् । उनले भनिन् “हामीले  पत्रकारिता क्षेत्रलाई समय सापेक्षा बनाउने, यस क्षेत्रमा लाग्न रुची राख्ने र लागि सकेकाहरुको क्षमता विकासका लागि तालिम, गोष्ठीहरु  गर्र्दै आएका छौं ।” अध्यक्ष गहिरेले यस्ता तालिमहरु आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताईन् । तालिममा ५० जना सहभागी रहेका थिए । युनियनकी अध्यक्ष गहिरेको अध्यक्षता, उपाध्यक्ष विष्णु खनालको स्वागत, सहसचिव सन्तोष गहतराजको सञ्चालनमा तालिम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update