Shittalpati
पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख

पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका गाउँसभाको १८ औ अधिवेशनले आगामी वर्ष २०८२/०८३ को लागी ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपैँयाको अनुमानित बजेट ल्याएको छ ।

गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले सामाजिक विकासमा ३२ करोड ४० लाख ८७ हजार, पुर्वाधार विकासमा १० करोड ९ लाख ३५ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड ९० लाख ९९ हजार १ सय २८, आर्थिक विकासमा १ करोड ९७ लाख ९० हजार र शुसासन तथा अन्र्तसम्बन्धित क्षेत्रमा १ करोड ३६ लाख ७५ हजार रुपैँया प्रस्ताव गरेका छन् । उपाध्यक्ष पाठकले वडा नंं. १ र ६ मा ४४ लाखको दरले ८८ लाख, वडा नंं. २ र ३, वडा नंं ४, ५ ७, र ९ मा ४० लाखका दरले २ करोड ४० लाख रुपैँया र वडा नंं ८ मा सबैभन्दा थोरै ३२ लाख रुपैँया बजेट प्रस्ताव गरेका छन् । लिफ्ट खानेपानीको विद्युत महशुल तथा मोटर खरिद तथा मर्मतमा ६० प्रतिशत अनुदान प्रदान गर्ने,अभिभावकविहिन बालबालिकाकाको स्याहार, सम्भार र शिक्षाको लागी मासिक १ हजार रुपैँया सहयोग प्रदान गर्ने, ग वर्गका अपा·लाई मासिक रु. ५००–, घ वर्गका अपा·लाई मासिक ३००– रुपैँया भत्ता उपलब्ध गराउँने, विगतका अपुरा योजना पुरा गर्ने, पालिकामा कार्यरत स्थायी तथा अस्थायी, करार ज्यालादारी सबै कर्मचारीहरुको लागी सामुहिक दुर्घटना विमा गर्ने जस्ता कार्यक्रममा बगनासकालीको आगामी बजेटमा प्रस्तुत भएका छन् । बजेटमा निर्माणाधिन अवस्थामा रहेको १५ शैयाको अस्पताल सम्पन्न गर्ने, चिलाङ्दी नायर, खानीछाप हुँदै राम्दी जोड्ने मोटरबाटो पिचको लागी संघीय सरकारको समपुरका योजनामा २ करोड १७ लाख रुपँैया, यम्घाको गुंगा दरपुक जोड्ने सडकको लागी १ करोड ४९ लाख रुपैँया रहेको अध्यक्ष सरसस्वती दर्लामी चिदीले बताईन् । बगनासकाली गाउँपालिकाले आगामी बजेटमा बादर नियन्त्रणको लागी ५ लाख विपन्न समुदायको उत्थान र आवास कार्यक्रमको लागी ८ लाख, पालिका स्तरीय गौरवका योजनाको लागी १ करोड ४९ लाख रुपैँया विनियोजन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update