Shittalpati
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो

तानसेन । जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । विहिबार माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका थप एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रीकृष्ण भट्टराईले जानकारी दिए । बहादुरपुरको बालविकास आधारभुत विद्यालयको क्वारेन्टाइमा रहेका २२ जना व्यक्तिको स्वाव परीक्षण पठाएकोमा केहि दिन अघि मात्र १२ जनामा कोरोना रिपोट पोजेटिभ र ९ जनाको रिपोट नेगेटिभ आएको थियो ।

पेण्डिङ्गमा रहेका एक जनामा पनि कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । जिल्लामा सबैभन्दा बढी माथागढी गाउँपालिकामा १४ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । पाल्पामा यस अघि २२ जनामा कोरोना संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाले निर्माण गरको संयुक्त आईसोलेसमा १२ जना, मिसन अस्पतालको आइसोलेसनमा ५ जना र लुम्विनी मेडिकल कलेजको आइसोलेसनमा २ जना उपचाररत रहेका छन् ।

संक्रमितहरुको अवस्था भने समान्य रहेको अस्पतालहरुले जनाएका छन् । जिल्लामा पछिल्लो समयमा २ हजार २ सय भन्दा बढी नागरिक भारतबाट जिल्ला भित्रिएका छन् । हालसम्म ३ सय ५० भन्दा बढीको पिसिआरका लागि स्वाब संकलन भएको छ भने स्थानीय तहले आरडिटी परीक्षण गरिरहेका छन् । क्वारेन्टाइमा बसेका १४ दिन अवधी पुगेका व्यक्तिहरुले किट आफुहरुको पिसिआर परीक्षण गर्नुपर्ने वा घर पठाउन सम्वन्धित गाउँपालिकालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update