
रमेश विश्वकर्मा
गुल्मी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मी अस्पताल तथा आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेश्नल हेल्थ केयर प्रालि र क्युरेक्स फर्माक्युटिकल प्रालिको स्टकिट, बविता फर्मा गुल्मीले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको बविता फर्माले गुल्मी अस्पताललाई ५० थान के.एन नाइन्टी फाइब माक्स, १५ थान स्यानिटाइजर सहयोग प्रदान गरेको हो । त्यसैगरी जिलाला आँखा उपचार केन्द्रलाई १० थान के.एन नाइन्टी भाइब माक्स र ५ थान स्यानिटाइजर औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष महेशकुमार श्रेष्ठ र बविता फर्माकी प्रोपाइटर पार्वता थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । बिपत्तिको समयमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गुल्मी अस्पतालका मेसु डा.उत्तम पच्या र आँखा उपचार केन्द्र तम्घासका प्रमुख वीरबहादुर कार्कीले धन्यवाद ज्ञापन गरे ।