Shittalpati
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक

पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ । डा भण्डारीका बुबा ईश्वरीप्रसाद भण्डारीको ८७ वर्षको उमेरमा सोमबार राती आफ्नै निवास बुटवलमा निधन भएको हो । उनी लामो समयदेखि दमले ग्रसित रहेका थिए । स्व. भण्डारीका दुई श्रीमति, पाँच दाजुभाइ छोरा एक छोरी रहेका छन् । उनका एक छोरा फणिन्द्रको केही वर्षअघि निधन भएको थियो । स्व.भण्डारीको अन्तिम दाहसंकार आज दिउँसो २ बजे गुल्मीको रिडीमा हुने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update