Shittalpati
 धम्मः बिम्ब !

- पुरन बहादुर शाक्य
   तानसेन–३, पाल्पा  

इष्र्या पाप नगर्नु ह्र्रिंसा, दुष्कृति कुनै किसिमको ।
सदा पुण्य सन्चित लाभ, गर्दै जानु सदाचारको ।।
आफ्नो क्लेश चित्त शुद्ध, परिशुद्ध निर्मल मन ।
असली ज्ञान यिनै हुन्, जाऔं बुद्ध धर्म शरणम् ।।

आफुले गरेको पाप, आफैलाइ अपवित्र पार्दछ ।
यहाँ आफुले गरेको पुण्य, आफैलाइ शुद्ध गर्दछ ।।
शुद्ध वा अशुद्ध हुने ज्ञान, आफ्नो धर्म–पथ हो ।
किन्तु कसैले अरु कसैलाइ, शुद्ध पार्न सक्दैन ।।

जसले पाप कर्मलाइ पुण्य, कर्म धर्मले ढाक्दछ ।
उसले बादल छुटेको चन्द«मा झै, तेज फैलाउछ ।।
पाप नगर्नु पुण्य सञ्चय गर्नु,  चित्त निर्मल सौम्य ।
यहि नै हो सम्यक् सम्बुद्धको, पवित्र धम्मःबिम्ब ।।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update