Shittalpati
कोरोना संक्रमित अध्यक्षको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ

गुल्मी, गुल्मीमा कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सोमबार पोखरेललाई कोरोना संक्रमण भए पश्चात मंगलबार उनको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षणका लागि पठाइएको थियो । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । आइतबार जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको एक बैठकमा स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरु सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update