Shittalpati
कोरोनाबाट थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।

योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पाँच पुगेको उनले बताए । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो । यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना संकलन गरी कोभिड–१९ परीक्षणका क्रममा संक्रमण भएको पृष्टि भएको हो । उनमा कलेजोसम्बन्धी रोग रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update