Shittalpati
गणतन्त्र संस्थागत गर्न एक जुट बनौं

नारायण घिमिरे

गणतन्त्रको मूल्य हिरा मोतिको जस्तो हैन गणतन्त्र प्राप्तिका लागि हजारौं नेपालीहरुले बलिदान दिए । यति बेला गणतन्त्रको आकाशमा काला बादलहरु मडारिरहेका छन् । देशी वा विदेशी विभिन्न शक्ति केन्द्रहरुले यसलाई असफल बनाई नेपालमा बेथिती सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्ने विभिन्न खालका षड्यन्त्रका तानाबुनाहरु बुनिरहेको कुरा भारतले नाकाबन्दी गर्नु,भूमी अतिक्रमण, बन्द हड्ताल हुनु, बलत्कारी, भ्रष्टचारीको ढाकछोप भएका धेरै उदाहरणबाट प्रष्ट हुन्छ । यति मात्र होइन ९ सय ५ भन्दा बढी जनप्रतिनिधिहरुले हस्ताक्षर गरी निर्माण गरेको संविधान जारी हुँदा देखाएको असन्तुष्टिबाट यो कुराको पुष्टि गर्न सकिन्छ । देशभित्र मतमन्तरका कारण गणतन्त्रको सस्थांगत विकासमा अप्ठ्यारो परेको कुरा वर्तमान राजनैतिक घटना क्रमले देखाएको छ ।

गणतन्त्रका विरोधी तत्वहरु अझै पनि विभिन्न समूह वा पार्टी वा गुट वा राज्यका रुपमा परिचालित भै यसलाई असफल तुल्याउनका लागि परेको कुरा अवगत नै छ । आफुले जन्माएको बच्चाको माया हामीलाई जति हुन्छ । त्यस्तै हामीले हाम्रो जीवनको मूल्यसँग साटेर ल्याएको गणतन्त्रको माया असिम छ । यसका विरुद्धमा हुने कुनै पनि क्रियाकलापबाट हामीलाई क्षम्य हुन सक्दैन । यसको रक्षाका निम्ति हामीहरु ढाल बनेर हाम्रो छाती थाप्न तयार हुनुपर्छ, छौ र छु । यसको संरक्षणका निम्ति हामी सबै खालका अतिवाद र षड्यन्त्रका विरुद्धमा हामी बीच भएका विविधतामा सामिप्यता, अनेकतामा एकता, असमझदारीका बीचमा समझदारी कायम गरी यसको संरक्षण गर्नु हाम्रो तथा मेरो पहिलो कर्तव्य हो ।

अतः हामीबाट छानिएका देशका बागडोर समाहाल्ने जनप्रतिनिधि कति नैतिकवान, चरित्रवान, निःस्वार्थ, भ्रष्टचार मुक्त, कानुनको पालक छन् कि भ्रष्टचार, बलत्कार, सुनकाण्डमा आफै मुछिनुका साथै काण्डलाई ढाकछोप, खोक्रो राष्ट्रवाद देखाउने, जस्ता कानुनको तोडफोड गर्ने मूर्ख छन् । यस शासन व्यवस्थामा हामीले राज्यलाई के दिन सकिन्छ, हैन के दिन सक्छ र मैले चुनेको जनप्रतिनिधिले मेरो लागि हैन हाम्रो लागि के गर्न सक्छन्, यो जान्न नितान्त आवश्यकता छ । आज जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन सामाजिक सञ्जाल मार्फत सम्पूर्ण नेपाली नागरिकहरुमा यो स्पष्ट पार्न चाहान्छु कि, गणतन्त्रमा हाम्रो अतुलनिय भूमिका रहेको र यसको संस्थागत र संरक्षणमा एक जुट भई लागि पर्न अपरिहार्य छ । गणतन्त्रमा सदैव गणको शासन हुन पुगोस् गणतन्त्र दिवसको हार्दिक शुभकामना । जय गणतन्त्र !

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update