Shittalpati
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि

काठमाडौं । झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । त्यस्तै सुनसरीका ३ जनामा संक्रमण देखिएको छ । मंगलबार बिहान सुनसरीका दुईजनामा कोरोना संक्रमण देखिएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ । यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए । हालसम्म नेपालमा ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन् भने बाँकेमा एक र सिन्धुपाल्चोकमा एक गरी दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update