Shittalpati
पहिरोले पुरिँदा मृत्यु

लमजुङ, लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  

आज बिहान  लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर   हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको  उनले जानकारी दिए  । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update