Shittalpati
रेडक्रसद्वारा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री

पाल्पा । नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाका सुरक्षा निकायहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रेडक्रसले स्वास्थ्य सामग्री सहयोग गरेको हो । प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा पनि उच्च सावधानी अपनाउन भन्दै शाखामा सञ्चालित सामुदायिक स्वास्थ्य एंव प्राथमिक उपचार परियोजनामार्फत स्वास्थ्य सामग्री वितरण गरिएको शाखाका कार्यक्रम अधिकृत विनोद भारतीले जानकारी दिए । रेडक्रसले जिल्लाका तीनै तहका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार तथा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

संस्थाले सुरक्षा निकायका लागि पाँच लिटर सोडीयम हाईपोक्लोराईट, दुई सय थान माक्स, दुई सय थान ग्लोवस्, पाँच सय मिलि सेनीटाईजर उपलव्ध गराएको थियो । त्यस्तै गरी रेडक्रसले जिल्ला कारागार र आँखा अस्पताल, जिल्ला अस्पताल र मेडिकल कलेजको ब्लड बैंकलाई माक्स, सेनीटाईजर, ग्लोवस्, सोडीयम हाईपोक्लोराईट, जिल्ला कारागारमा क्वारेन्टाईन निर्माण सहयोगको लागि दुई थान त्रिपाल र चार थान कम्मल वितरण गरेको छ । रेडक्रसका स्वंयम सेवकहरुले नियमित रुपमा सचेतनाका गतिविधिहरु सञ्चालन गर्दै आईरहेका छन् । परियोजना र संस्थाले आगामी दिनमा क्षमताको आधारमा सचेतना र स्वास्थ्य सामग्रीहरु नियमित रुपमा सञ्चालन गर्दै जाने रेडक्रसले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update