Shittalpati
 रोटरी क्लव अफ रेसुङ्गाले दियो आगलागी पीडितलाई राहत सामग्री

गुल्मी, मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।


क्लवका पदाधिकारीहरुले आगलागी प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरेका छन् । केही दिन अघि इस्माका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको क्लवले अहिले गुल्मीदरबार गाउँपालिका –७ का अग्नि पीडितहरुलाई पनि सहयोग गरेको छ । उसले डेढ लाख भन्दा बढीको राहत सामग्री उक्त प्रभावित क्षेत्रका नागरिकलाई प्रदान गरेको हो । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठ, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा र रोटरीयन पदाधिकारीहरुको सहभागितामा अग्नी पीडित ६ घर परिवारलाई ३१ प्रकारका आपतकालिन राहत सामग्री हस्तान्तरण गरिएको क्लवले जनाएको छ । उसले  किट बक्स, चामल, तेल, नुन लगायतका राहत सामग्री दिएको हो । आगलागी पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउने काम गरेको क्लवका  अध्यक्ष श्रेष्ठले बताए । उनले भने‘ हामी मानविय सेवामा लागेका हौं, कुनै पनि  नागरिकलाई दुख पर्दा हामीलाई पनि दुख लाग्छ , उहाँहरुको पीडा हाम्रो पनि पीडिा हो, त्यसैले यो पीडाको घडीमा पीडितसँगै  पीडा साट्न राहत वितरण गरेका हौं ।’ 

क्लवले वितरण गरेको राहत किट बक्स भित्र पानी छान्ने फिल्टरदेखि त्रिपाल, लत्ताकपडा, बालबालिकाहरुका लागि पेन्सिलसम्मका ३१ प्रकारका सामग्रीहरु रहेका छन् । क्लवले त्यहाँका एक अग्नि पीडित परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । अहिलसम्म त्यहाँको आगलागी प्रभावित क्षेत्रमा कोही पनि नपुगेको अवस्थामा पहिलो पटक क्लवले राहत सामग्रीले लिएर पुग्दा पीडितहरु  निकै उत्साहित भएका छन् । गुल्मी गुल्मीदरबार गाउँपालिका –७ ढुङ्गेदेउरालीमा खरबारी तथा जंगलमा लागेको आगो बस्तिमा फैलिन जाँदा ६ जनाको घरगोठ जलेर नष्ट हुँदा पशुचौपायाको समेत क्षति भएको थियो ।

 क्लबले यस अघि इस्माको सिदुङ्खा, कोटकटेरी, बुल्मका आगलागी पीडितहरुलाई करिब ४ लाख बराबरको आर्थिक तथा राहत सामग्री सहयोग गरेको थियो । क्लबले अग्नि पीडितहरूका लागि राहत सामग्री संकलन अभियान समेत सञ्चालन गरेको छ । मानव सेवामा कल्याणकारी काम गरी समाजलाई मानव मूल्य मान्यता र हेप्पिनेशबाट विश्वसमुदायसँग जोड्ने पवित्र उद्देश्य राखी स्थापना भएको क्लबले जिल्लामा स्थापना भएदेखि मानविय तथा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।  

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update