Shittalpati
आज विश्व नृत्य दिवस मनाइँदै

पाल्पा, आज विश्व नृत्य दिवस संसारभर नृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष अप्रिल २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् । सन १९८२ अप्रिल २९ आजकै दिनमा  पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । जीन जर्ज नोभेरे नामका व्यक्तिको जन्म दिनको सम्झनामा अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । यो दिवसको प्रमुख उद्देश्य भनेकै विश्वस्तरमा सर्वसाधारणमाझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु रहेको छ । सन् २००५ मा नृत्य दिवसको अवसरमा नृत्यकलालाई संसारभर प्राथमिक शिक्षा प्रणालीमा आवद्ध तथा केन्द्रित गरिएको थियो । नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रÞमाले नृत्यवेद तयार गरेको र त्यहिबेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । 

नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update