Shittalpati
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन एमालेको माग

पाल्पा, तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन नेकपा एमाले तानसेन नगर कमिटीले  उपभोक्ता समिति समक्ष माग गरेको छ । उसले तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण गराउँदै तत्काल उपभोक्तालाई खानेपानी महशुलमा हाल चलिरहेको मुल्यमा ५० प्रतिशत रकम छुट दिन माग गरेको हो ।

नगर अध्यक्ष गुँराश आत्रेयले समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै खानेपानी महशुलमा तत्काल ५० प्रतिशत रकम छुट दिन अनुरोध गरेका छन् । अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुको टोलीले सरकारले खानेपानी, विद्युत महशुलमा ५० प्रतिशत छुट दिएकाले उपभोक्ताहरुलाई पनि सोही अनुसारको छुट दिन समितिलाई ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्र लिदै  समितिका अध्यक्ष श्रेष्ठले एमालेले गराएको ध्यानाकर्षणले हामीलाई उर्जा थपेको र आगामी आर्थिक वर्षदेखि महशुल दरमा छुट हुने प्रतिवद्धता जनाए । उनले भने ‘अहिले नै कति छुट हुन्छ भनेर डिसिजन नगरौं तर उपभोक्ताहरुलाई समितिले केहि न केही रकम छुट दिन्छ ।’ तानसेनको लिफ्ट खानेपानी पहाडी क्षेत्रका अन्य ठाउँको तुलनामा सस्तो रहे पनि खर्चिलो बढि रहेको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा खानेपानी समितिका सचिव प्रेम बहादुर मल्लले भने ‘बाहिर बसेर बोल्दा र कर्चीमा बसेर जिम्मेवारी निभाउँदा फरक हुन्छ, अहिले समितिले उपभोक्तालाई सहज रुपमा पानी खुवाउने ध्यानमा लागेको छ ।’ अहिले सबै क्षेत्रमा पानी तान्ने मोटर जगेडाको रुपमा राख्ने र मोटर बिग्रिएको कारण उपभोक्तालाई खानेपानीको दुःख नहोस् भनि समिति सक्रिय भएर लागेको बताए । एमाले तानसेन नगर कमिटीले गराएको ध्यानाकर्षणलाई खानेपानी समितिले सकारात्मक रुपमा लिएको सचिव मल्लले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update