Shittalpati
पाल्पा प्यारागन स्कुलमै भर्ना किन ?

गंगाबहादुर खत्री
नयाँ शैक्षिक शत्र सुुरु भएपछि कुन विद्यालय पढाउने भन्ने चिन्ताले अभिभावकलाई सताउने गर्छ  । अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभावक राम्रो विद्यालय खोज्न भौंतारिरहेका छन् । वैशाख महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन् । धेरै अभिभावकलाई विज्ञापनको तामझामका बीच कस्तो विद्यालय रोज्ने भन्ने तनावकै विषय हो । सयौ विद्यालयमा कुन राम्रो/नराम्रो भन्ने छुट्याउनु सजिलो काम होइन । तर यो हतारमा निर्णय गरिहाल्ने विषय पनि होइन । किनकि यसमा बालबालिकाको भविष्य जोडिएको छ । अर्कातिर विद्यालयलाई विद्यार्थी भर्नाको चटारो छ । यति बेला पाल्पासहित देशैभर भर्ना अभियान चलिरहेको  छ । पाल्पाका नीजि तथा सामुदायिक विद्यायहरु अहिले विद्यार्थी भर्ना गर्नमा व्यस्त छन् । यसै मेसोमा पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कुलले पनि भर्ना अभियानलाई तिव्रता दिएको छ । यहाँ  प्यारागन स्कुलमै भर्ना किन ? भन्ने विषयमा केन्द्रीत रहेर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

हामीले हाम्रा बारेमा अभिभावकहरुलाई यथार्थ जानकारी दिनुपर्छ भन्ने महसुस गरेका छौं । जसबाट अभिभावकहरुले सहजै आफ्ना बालबालिकाहरु विद्यालयमा भर्ना गराउन सकुुन भन्ने हाम्रो मान्यता हो । त्यसैले हामीले विद्यालय, विद्यालयबाट प्रदान गरिने शिक्षा र पूर्वविद्यार्थीहरुका अनुभवलाई आमअभिभावकका माझ पस्कने जमर्को गरेका छौं ।  

विद्यार्थीहरूलाई सशक्त, आत्माविश्वासी, जिम्मेवारी बनाउने प्रकृतिका ज्ञान र सीपहरू प्रदान गर्दै स्वच्छ र पारिवारिक वातावरण प्रदान गरी विश्व परिवेशमा जीवनयापनका लागि आवश्यक शिक्षासँगै समाजका मूल्यमान्यता अभ्यास गर्ने, आदर गर्ने, सहिष्णुता कायम गर्ने  खालका मार्गनिर्देशन र सहकार्यको प्रतिवद्धता जनाउन सक्ने खालको शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कुल पाल्पाको तानसेन नगरपालिका–३ भगवतीटोलमा अवस्थित छ । शिक्षा, स्वास्थ्य र पर्यटनको मुल नारा बोकेको तानसेनमा अवस्थित विद्यालय समुदाय मैत्री रहेको छ । यस विद्यालयको स्थापना २०५६ सालमा कक्षा ५ सम्मको अनुमति प्राप्तसँगै भएको हो । अनेकौं उतावचढापसँगै वि.सं. २०६८ मा नि.मा.वि तह र वि. सं. २०७२ सालमा माध्यमिक तहका अनुमतिसँगै माध्यमिक विद्यालयको रूपमा रूपान्तरण भएको हो । करिब दूई दशकको यात्रासँगै उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको यस विद्यालयमा हाल ३ वर्षदेखि १८ वर्ष उमेर समुहका ३ सय ५० भन्दा बढी विद्यार्थीहरू कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत छन् । जसले १० भन्दा बढी फरक जातीय समुदायलाई प्रतिनिधित्व गर्दछ । यो एक साधारण स्कूल हो तर शैक्षिक मापदण्डहरू उच्च छन् ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले तय गरेको पाठयक्रममा आधारित भए सर्वशुलभ ढंगबाट आधारभूत र माध्यमिक तहको शिक्षा प्रदान गरेको छ । परीक्षाका परिणामहरू विगतदेखि नै उल्लेखनीय रहेका छन् । हाम्रा दक्ष,अनुभवी र तालिम प्राप्त शिक्षकहरू विद्यार्थी रचनात्मक र नविन बनाउनका लागि कक्षाकोठामा र कक्षाकोठा भन्दा बाहिर सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरूलाई परियोजना कार्यसँग जोड्ने गर्नुहुन्छ । विद्यार्थीहरू स्थानीयस्तर, प्रदेशस्तर, राष्ट्रियस्तर र अन्तराष्ट्रियस्तरसम्म आफ्ना ज्ञान,सीप र धारणहरूलाई स्थान दिइरहेका छन् र शिक्षामा संस्कार सहितको कदम चाल्नका लागि उनीहरू सधै तत्पर रहेका छन् । हामी हाम्रो शैक्षिक गुणस्तरमा जायज मात्र गर्व गर्दछौं तर हाम्रो शिक्षाको स्तर निश्चित ग्रेडको पछाडी लाग्ने भन्दा पनि जीवनुपयोगी प्रकृतिको रहेको छ । खेल र कला, सामुदायीक सेवा र साहसिक गतिविधि सबै विद्यालयमा हामीले प्रदान गर्ने सन्तुलित कार्यक्रमलाई केन्द्रियतामा राख्ने गरेका छौँ । यस्ता गतिविधिहरूलाई स्तरीय बनाउनका लागि साहित्य, खेलकुद,साँस्कृतिक, चित्रकला जस्ता फरक क्लबहरूको विभाजनसँगै हरेक बालबालिकालाई समान वा समानातापूर्ण अवसरहरू प्रदान गर्ने गरेका छौँ ।  हामी हाम्रा विद्यार्थीहरूलाई विश्वपरिवेशमा उनीहरूको मार्ग निर्माणका लागि विश्वस्त, हेरचाह गर्ने र जिम्मेवार नागरिकहरूको रूपमा तयार पानुपर्ने हाम्रो दायित्यप्रति अत्यन्तै सजग छौं ।  एक राम्रो विद्यालयमा धेरै अवसरहरुको सिर्जना हुन्छन् । म विश्वास गर्दछु कि हाम्रा शिक्षकहरू र विद्यार्थीहरूले अनेकैँ अवसरहरु सिर्जना गर्न सक्छन् । त्यसैले यदि यहाँहरू पनि यो एकाइसौँ शताब्दिको विश्व परिवेशमा आफ्ना बालबालिकालाई संस्कार र अवसर सहितको गुणस्तरिय शिक्षा प्रदान गर्न चाहनुहुन्छ भने हामी तँपाई र तँपाईका बालबालिकाहरूलाई विद्यालयमा स्वागत गर्न चाहन्छौँ ।

विद्यार्थी भित्रको क्षमतालाई नेतृत्वको माध्यमबाट विकास गर्नका लागि यस विद्यालयले साहित्य क्लब, साँस्कृतिक क्लब, चित्रकला क्लब,  खेलकुद क्लब जस्ता क्लबहरुका स्थापना गरेको छ । यी  क्लबहरूमा कम्तिमा एउटा क्लबमा विद्यार्थीले भाग लिनुपर्नेहुन्छ । वर्ष भरि विद्यार्थीहरूले सम्बनन्धित क्लबमा रहेर विभिन्न क्षमता विकास क्रियाकलापसँगै प्रतियोगितामा भाग लिने गर्दछन् । यी क्लबहरूका अलबा विद्यालयमा विद्यार्थी गुणिय चक्र, दिगो पर्यटन विकास क्लब, ग्रीन फर गुड क्लब लगायत १.५ म्याक्स कार्याक्रमसँग राष्ट्रिय अन्र्तराष्ट्रिय संस्थाहरुसँगै सहकार्य गर्दै विद्यार्थीको विकासमा महत्वपूर्ण भूूमिका निर्वाह गरेको छ । श्रव्य, दृष्य कक्षाहरू, पुस्ताकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, आवासीय सेवा,  यातायात सेवा, गरिब, जेहेन्दार तथा दुर्गम क्षेत्र एवं पछाडी परेका छात्रछात्राहरूलाई छात्रवृत्ति, प्रत्येक विद्यार्थीहरूको दुर्घटना विमा सुविधा, स्वच्छ खानेपानीका साथै चमेनागृह जस्ता सुविधा प्रदान गर्दै आएको यस विद्यालयले विद्यालयले ब्रिटिश काउन्सीलद्धारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०२०–२३  प्राप्त गरेको छ ।  

त्यस्तै आधारभूत तह –कक्षा ८) मा उत्कृष्ट शिक्षक पुरस्कार , उत्कृष्ट विद्यार्थी पुरस्कार प्राप्त विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल रहेको छ । प्रदेश नंं ५ स्तरीय वक्तृत्वकला प्रथम, जिल्ला तथा स्थानीय तहमा समेत प्रथम, द्धितिय र तृतिय स्थान धेरै पटक हासिल गरेको छ । चित्रकला,हाजिरी जवाफ, निबन्ध लेखन , फुटबल, कवडी जस्ता विद्यामा पनि उत्कृष्ठता हासिल गरेको छ ।  विद्यालयमा सञ्चालित आइ. टि. एफतर्फ अन्तराष्टिय, राष्ट्रिय, प्रदेशस्तरमा स्वर्णपदक सहितका अन्य धेरै पदकहरु प्राप्त गरेको छ ।  यस्तै यस विद्यालयका विद्यार्थीहरुले नेपाल सरकारको छात्रवृतिसँगै अन्र्तराष्ट्रिय छात्रवृति समेत प्राप्त गरी अध्ययन कार्य जारी राखेका छन् । अमेरिका , अस्टेलिया, बङगालादेश, क्यानाडा, जस्ता देशमा अध्ययनका लागि थुप्रै विद्यार्थी रहेका छन् भने विद्यालयले विद्यालयमा रहेका विद्यार्थीलाई समेत विभिन्न देशका विद्यार्थीहरुसँग अनलाईमार्फत सिकाई आदान–प्रदानको अवसर प्रदान गरेको छ ।  गत वर्षको एसइई परीक्षाको नतिजामा पनि यस विद्यालयका विद्यार्थीले ३.८० सम्मको जिपीए प्राप्त गरेका थिए । 

यसो भन्छन् पूर्व विद्यार्थी :

यस विद्यालयले आफ्नो गर्विलो इतिहास निमार्ण गर्न सफल छ । शिक्षालाई हामी बहुआयामिक र प्रगतिशील विषयका रुपमा लिइन्छ । जीवन विकल्पयूक्त छ । विकल्पहरुले संयमित, आध्यात्मिक, खोज अनुसन्धान, विस्तार र विकासप्रति विद्यार्थीहरुलाई प्रेरित गर्नु, उत्प्रेरणा दिनु र तयार पार्नु शिक्षाको केन्द्रस्त विषय हो भन्ने मान्यता यो विद्यालयले अनुसरण गरेको छ । यो विद्यालय स्वयं गतिशीलताको प्रतिक, आध्यात्मिकताको प्रतिक, कलाकैशलको प्रतिक र आयामिकताको प्रतिक हो । यी नै शिक्षाका प्रतिकहरुलाई आत्मासात गर्दै शिक्षामा नवप्रवर्तनलाई जोडेको छ । यो अभिभावकका सपना र विद्यार्थीका लक्ष्यहरु फुलाउने र फलाउने बगैंचा हो । यो एक सफलताको मार्गनिर्देशक हो । त्यसैले यो विद्यालयसँगको शैक्षिक यात्रा रोज्नुहोस् ।

                                                                                 प्रिरिङ्का कँवर                                                                                            नेपाल सरकारको पूर्ण छात्रवृत्ती प्राप्त
            B –Pharma

हाल म  कृषि स्नातक र पशु विज्ञान तथा चिकित्सामा पूर्ण छात्रवृत्ती प्राप्त गरेकी छुु । यो मेरो सपना थियो । जुन सपना साहाकार पार्नको लागि आधार निर्माण गरिदिने भूूमिका यस विद्यालयले खेलेको थियो । मेरो यस विद्यालयको यात्रा वि.सं.२०६५ देखि २०७६ साल सम्मको हो । आज मसँग जुन ज्ञान,सीप र शिक्षा छ त्यो सबै प्यारागनको देन हो । उत्कृष्ट शिक्षक/शिक्षिका, स्वच्छ वातावरण, सहयोगी भूमिकामा पाइने ज्ञान सायद प्यारागन बाहेक अन्यत्र पाइदैन होला । घोकन्ते विद्या भन्दा पनि प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने यस विद्यालयले मलाई एक सबल र सक्षम व्यक्तित्व निर्माण गर्न सफल बनाएको छ । त्यसैले तपाई वा तपाईका बालबालिकालाई सबल र सक्षम नागरिकको रुपमा विकास गर्न चाहनुुहुन्छ भने उचित शैक्षिक यात्राका लागि पाल्पा प्यारागन एक अब्बल सारथी हो । 

दोमन्ती पोख्रेरल
नेपाल सरकारको पूर्ण छात्रवृत्ती प्राप्त
कृषि स्नातक र पशु विज्ञान तथा चिकित्सा

मैले यस विद्यालयको ११ वर्षको अन्तरालमा धेरै अनुभव बटुल्ने मौका पाएकी छु । हिजो र आजको अनुभव सुनाउँदै गर्दा, म मा धेरै फरक देख्छु तर प्यारागनलाई भने म उस्तै भेट्छु, मेहनती, लगनशील र सबैको प्यारो निस्वार्थ भावले सबैलाई आफ्नै सन्तान मानि ज्ञान बाड्छ । आज प्यारागनकै कारण, उनले नै समाती लेख्न सिकाएका यी हत्केला उनको बारेमा लेख्न सक्षम भएका छन् । मेरो जीवनको सिकाईको मेरुदण्डको रूपमा रहेको प्यारागनले  मेहनत र संघर्षको पाठ सिकायो जसका कारण आज म यस ठाँउसम्म आइपुगेकी छु । यस विद्यालयले मेरो माटो जस्तो बुद्धिलाई आकृति दियो, आशाले भोलिको चित्र कोर्न सिकायो त्यही चित्रमा उज्यालो रङ भरी सजाउन सिकायो, अपूर्णलाई पूर्णमा परिवर्तन गर्न सक्ने क्षमता भएको उनी हामी जीवनको बाटोमा लड्दा पछाडीबाट उठ भनी हौसला दिन्छ ।, हामीले गरेका कार्यहरूमा प्रोत्साहन गर्ने । नम्रता, धैर्यता र इमानदारिताको कथा सुनाउने प्यारागनले मेरा खुम्चिएका पखेटालाई निर्धक्क भई स्वतन्त्र रूपमा उड्न सिकायो । सैद्धान्तिक शिक्षालाई मात्र जोड नदिई व्यवहारिक शिक्षालाई पनि उत्तिकै महत्वपूूर्ण दिइने यस विद्यालय धेरैको जीवनमा एक प्रेरणादायी उदाहारण बनेको छ । सानो सन्देश मेरी प्यारी त्यारागनलाई, तिम्रा सन्तान सफलताको बाटोमा पर दौडधुप गर्दै छन्, धैर्य गर है । छिट्टै सफल हुनेछौ, गुञ्जिने छन्, चौतर्फी तिम्रै नाउँ । चटक्कै छाडेर जान्छ की भनि नडराउनु है, बाँधिएका छौँ । हामी सम्बन्धको झन्झीरमा, सम्बन्ध चीरञ्जीवी छ ।

सञ्जिवनी दर्लामी
MBBS अध्ययनरत

(लेखक पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल हुन् ।)

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update