Shittalpati
महामारीले ल्याउने समस्या

कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो । यस्ता अवस्थाप्रति सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ । समाज रुपान्तरण र यस्ता खालका महामारीलाई नियन्त्रण गर्ने क्रममा प्रत्येक नागरिकको महत्वपूर्ण दायित्व हुन आउँछ । एकान्तवास बस्न थालेको पनि दुई महिना बित्न थालेको छ । तर महामारी भने दिन प्रतिदिन बढिरहेको देखिन्छ ।

त्यसकारण यसको निराकरणका लागि विश्वव्यापी अभियानहरु थालिए पनि रोकथाम गर्ने उपाय फेला नपर्नु आफैमा दुर्भाग्य जस्तै भएको छ ।  नेपालका पहाडी जिल्ला बाहेक अरु तराई भारतीय सीमा क्षेत्रमा यसको प्रकोप बढेर गएको छ । लकडाउनको समस्या झेलिरहेकाहरु लकडाउन खुल्नासाथ आर्थिक समस्याको चपेटाबाट झन्भन्दा झन् पिरोलिने अवस्था छ । त्यसकारण यसका लागि कुनै न कुनै रुपमा कोरोना रोकथामको भ्याक्सिनको खोजी गर्नुपर्ने आवश्यकता छ । सरकारसँग भएका सबै साधन र श्रोतहरुको प्रर्याप्त प्रयोग भइरहेको अवस्था र सामाजिक, आर्थिक, स्वास्थ्यको हिसावले पनि कमजोर हँुदै गएका नेपाल जस्तै अल्पविकसित मुलुकका लागि यो महामारी मानव विनासको महत्वपूर्ण पक्ष बन्दै गएको अवस्थाप्रति सबै सजग हुनुपर्ने देखिन्छ । यसको नियन्त्रणका लागि हाललाई अन्य कुनै पनि उपाय नभएको अवस्थामा केवल नियन्त्रण नै महत्वपूर्ण उपाय हो । त्यसका लागि सरकारले चालेका हरेक स्वास्थ्य सम्बन्धी कार्यक्रम र महामारी नियन्त्रणका उपायको आ–आफ्नो क्षेत्रबाट अवलम्वन गर्नु नै सबैका लागि हितकर हुन सक्छ ।

अन्यथा हामी र हाम्रो मानव समाजले क्षति व्यहोर्ने बाहेक केही पनि प्राप्त गर्न सक्दैन । हाल विश्वव्यापी रुपमा देखिएको कोरोना १९ को महामारीबाट बच्ने उपाय यो बाहेक केही पनि हुन सक्दैन । त्यसकारण यी सबै समस्याहरुको समाधानमा हामी सबैको ध्यान जानु आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update