Shittalpati
पुनः ठगिदै छन् सोझा पाल्पाली

नेपाली शब्दकोषमा अर्धजलको अर्थ कुनै बिरामी उपचारको क्रमबाट निको नभएको अवस्थामा अन्त्यष्टी गरिने खोला तथा नदीमा शरीरको आधा भागलाई नदीमा राखिने कार्यलाई अर्धजल भनिन्छ । यसो गर्दा बिरामी निको भए घरमा, मृत्यु भए चितामा जलाईन्छ त्यो अन्तिम उपचार पद्दती हो । नेकपा अहिले यहि अर्धजलबाट निको भएर घर फर्र्किएको छ । फुटको संघारबाट जोगियो यस अवसरमा लामाको काम गरेकी थिइन् चिनिया राजदुतले । प्रधानमन्त्री ओलीको सातो फुकिदिइन् ।
अब केही दिन ओलीको सातो जानेछैन ।

यस क्रममा नेकपा करिब छ महिना अगाडि बिरामी भएको थियो । तर राजनैतिक क्षेत्रमा आफुलाई चर्तुर ठान्ने खडक प्रसाद ओली यसपटक पनि आन्तरिक रुपमा विजय भए । वामदेब गौतम जो २०७४ सालको निर्वाचनमा बर्दिया १ – बाट सञ्जय गौतमसँग पराजित भएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने र सचिवालयको सबै पदाधिकारीले आत्म आलोचना गरेपछि अनुकुलमा गौतम संघीय संसदको सासद बनाउने सहमति भयो । हुन त नेकपा भनेको मृत्युमा पञ्चबाजा बजाउने, बिवाहमा शंख बजाउने पार्टी हो । यस्तो समयमा सरकार परिर्वतन, ओलीले २ वटा विधेयक ल्याउनु जस्ता कुराले नेकपा आलोचित बन्यो । यसले गर्दा पार्टी पतनतर्फ उन्मूख भएको की भन्ने चर्चाहरु चल्न थालेका छन् ।

तर केही समयका लागि यो त टर्‍यो । नेकपामा भाइरसका रुपमा स्थापित वामदेव गौतमका लागि सती जाने को ? खगराज की दलबहादुर वामदेवका लागि राज्यले करोडौ रुपैयाँ अनाहकमा खर्चिने भयो पार्टीको हिसाब नै छैन त्यो अहिलेको आवश्यकता हो ? वामदेव प्रधानमन्त्री हुन साथ चमत्कारी परिर्वतन हुन्छ भन्ने पनि छैन वामदेवको इतिहास हेर्दा सधैँ सडक किनाराको रुखमा झुण्डिएको मादल हो । सार्वजनिक स्थलको मादल जसले पनि बजाउछ । यो सत्य हो । हुन त पाल्पा सदैव अनौठो चर्चित, राष्ट्रियताका सवालमा आफ्नो योगदान दिने जिल्ला हो ।

नेपाल अंग्रेज युद्वमा काजी उजिंर सिंह थापाको योगदानलाई कदापी भुल्न सक्दिैन् । यसैगरी पाल्पा राज्य गोर्खा राज्यमा गाभिदा बिना रक्तपात गाभियो, यस्तै बालुवाटार जग्गा काण्डमा जग्गा शिरोमणी विष्णु पौडेल संसदिय अभ्यासमा उनी पाल्पाको क्षेत्र नं. ३ बाट विजय भएका उम्मेदार हुन् । पाल्पाले उनलाई बालुवाटार सम्मको कमिशन वापत सित्तैमा खान पाउने क्षमतावान बनायो । २०५१ सालको मध्यवधि निर्वाचनमा पाल्पाबाट विजय भएपछि उनी कति पटक आफुलाई मन दिने मतदाताको सुख दुख बुझन आए प्रश्न यो हो ।

जिल्ला तहका नेताभन्दा मत दिने मतदाता नै विष्णुका लागि साक्षार भगवान विष्णु थिए होलान् । तर यस्ता विषयमा विष्णु पौडेलले आम मतदाताको मर्म र भावनालाई सधैव कुठाराघात गर्दै तिलाञ्जली दिए । विष्णु पौडेल पछि क्षेत्र नं १ मा वामदेव गौतमलाई उपनिर्वाचन गराएर ५/७ महिने प्रधानमन्त्रीको हावादारी सन्देश मार्फत पुनः पाल्पाली जनतालाई अन्धधुन्धा समर्थन गर्न नेकपाका नेताका कारण राजनैतिक रुपमा तरङ्गित हुन पुगेको छ । वामदेव भनेको लौकाट हो । त्यो एक प्रकारको पंक्षी हो त्यसको एउटा विषेशता छ । यसले एक ठाउँमा कहिल्यै फुल पार्दैन ।

फरक–फरक ठाउँमा पार्दछ । हो वामदेव पनि राजनीतिकमा यस्तै प्रवृतिका पात्र हुन् । उनी निर्वाचनमा लड्ने स्थायी ठाउँ नै छैन । कहिले बाँके कहिले प्यूठान पुग्दछन् । फेरी राजनीतिक टिममा फेरी झलनाथसँग मिलेर कमरेड माधव माथि प्रहार गर्दछन् । त कहिले प्रचण्डसँग मिलेर अरु माथि प्रहार गर्दछन् । त्यसले गर्दा वामदेवको स्वभाव र लौकाटको स्वभाव एकै हो । नेपालको कम्युनिष्ट आन्दोलनमा उनको पनि महत्वपूर्ण योगदान र लगानी छ र माओवादीका कार्यकर्ता फैलाउनका लागि पनि योगदान राम्रो नै व्यक्तित्व भएका व्यक्ति हुन् ।

वामदेव कमरेडका लागि कास्कीका सांसद एवं चिनबाट स्वास्थ्य सामग्री खरिद गर्दा मोटो रकम ग्रहण गर्ने ब्यक्ति खगराज अधिकारीले पनि ठाउँ खाली गरिदिने प्रतिवद्धता जनाएका थिए । तर अधिकारी भन्दा पार्टी विभाजन गरी माले बनाउँदा केन्द्रिय सदस्य बनाएर राजनितिक गुन लगाएका पाल्पाका सांसद दलबहादुर रानाले पनि वामदेवलाई ऋण तिर्ने यही मौका हो । फेरी पार्टीमा अर्को व्यक्ति भन्दा वामदेव नै उनको रोजाईमा उत्तम हुने छ । पाल्पाको क्षेत्र नं.१ अन्य राजनीतिक दलका लागि अत्यन्त कमजोर निर्वाचन क्षेत्र हो । २०५१ सालदेखि नेकपाको बपौती जस्तो क्षेत्र भए पनि जनताको जीवन स्तर अत्यन्तै नाजुक भएको क्षेत्र हो ।

विकासका जति भाषण गरेपनि संघीय संसदको कुनै पनि भूमिका नै छैन । स्थानीय जनप्रतिनिधिहरुका तुलनामा । हुन त क्षेत्र नं.१ नेकपा भन्दा नेपाली काँग्रेसको विजय भएको क्षेत्र हो । त्यस क्षेत्रमा स्व.टंकनाथ काफ्ले र पूर्व सांसद कालुराम रानाले गरिदिएको काँग्रेस संगठन हो । टंकनाथको २०५६ साल बैशाखमा निधन भयो । भने राना पाल्पाको काँग्रेसको राजनीतिबाट बिस्थापित व्यक्ति हुन । काँग्रेसले उक्त क्षेत्रमा काफ्ले र रानाको योगदानको ब्याज मात्र खाएको सत्य हो । त्यसले गर्दा वामदेवका लागि यस क्षेत्र प्रस्तावित भएको हो । पाल्पामा दुईवटा क्षेत्र छन् । क्षेत्र नं २ मा किन प्रस्तावित गरिएन् । कुरा यहा पनि हो । बर्दिया क्षेत्र नं.२ मा आफ्नै भतिजासँग पराजित व्यक्ति हुन् ।

२ वर्ष पर्खियो भने आफ्नै कति दिन प्रधानमन्त्री बन्लान यो नै मुख्य कुरा हो । हुन त प्रतिनिधि सभामा विजय सांसद दल बहादुर रानाले आफ्नो निर्वाचन क्षेत्रबाट वामदेव चुनाब लड्ने कुरा झुठो र भ्रमक भनेर सचिवालय बैठकको भोलिपल्ट प्रतिक्रिया दिएका छन् । तर रानाले त्यसो भने पनि राजनीतिमा त्यसो हुँदैनन् । उनले सचिवालय बैठकका दिन १२ बजे र ४ मिनेटमा आफ्नो फेसबुक पेजमा स्टाटक लेखेर प्रतिक्रिया दिए । तर यो कुरा वामदेव राष्ट्रका लागि आबश्यक कि वामदेवका लागि आवश्यक भन्ने कुरा मात्र हो ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update