Shittalpati
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै

पाल्पा,  आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।

हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुसी दिवस मनाइने गरिएको पाइन्छ  । यस दिवसले हामीलाई खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर भनेर याद दिलाउने गर्दैछ । सन् २०११ मा संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनायो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आह्वान पनि गर्‍यो । दुई वर्ष पछि सन् २०१३ मा संयुक्त राष्ट्रका सबै १ सय ९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुसी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ ।

वल्र्ड  ह्याप्पिनेस इन्डेक्समा नेपाल

मार्च २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ ।  लगातार पाँचौँ वर्ष, फिनल्यान्ड विश्वको सबैभन्दा खुसीको रूपमा शीर्ष स्थानमा रहेको छ । खुसी रैंकिंग विश्व खुसी रिपोर्टको एउटा पाटो हो । देशको स्कोर एक सर्वेक्षणमा आधारित हुन्छ जसमा सहभागीहरूले आफ्नो वर्तमान जीवनको गुणस्तरलाई शून्य देखि १० को स्केलमा मूल्याड्ढन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update