Shittalpati
गजल

विचन्द्र रायमाझी “मुस्कान”
इस्मा–२ गुल्मी

सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु ।
कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।

मेरै खातिर विदेशमा बुवा श्रम गरिराको थाहा छ,
क्यारी खै म अझै यहाँ मोजमस्तिमै रमाउँ सोच्दै छु ।

ठेगान छैन पसिना बगाउने ठाउँको अत्तोपत्तो छैन,
यी पसिना विदेश यात स्वदेशमा नै बगाउँ सोच्दै छु ।

कस्तो अचम्म पढाई पनि अप्सनमा हुँदो रहेछ,
यति होकी क्याम्पस धाउँ या इनिस्टिच्युट धाउँ सोच्दै छु ।

नजन्मिनु थियो जन्मी हाले मृत्यु देखिन डर लाग्दो रहेछ,
कष्टकर जीवन मैले यहाँ खै क्यारी बिताउँ सोच्दै छु ।। 
(रायमाझी हाल त्रिभुुवन बहुुमुुखी क्याम्पस पाल्पामा स्नातक प्रथम वर्षमा अध्ययनरत छन् ।)

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update