Shittalpati
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको  मत पाए

पाल्पा,काँग्रेससँगको गठबन्धन त्यागेर एकाएक एमालेसहितका दलहरुसँग मिलेर सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका  छन् । प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले १५ महिनामा तेस्रो पटक संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । 

एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनको बलमा उनले विश्वासको मत प्राप्त गरे ।  उपस्थित २ सय ६८ सांसद मध्ये १ सय ५७ जनाले दाहालको पक्षमा मत दिए । १ सय १० जनाले विपक्षमा मत दिए । मत दिन्नँ भन्ने एक जना थिए । कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री दाहाललाई मत दिन चाहेनन् । प्रचण्डले सरकारको निरन्तरताका लागि आवश्यक मत प्राप्त गरे पनि उनीप्रतिको विश्वासमा भने भारीमात्रामा कमी आएको छ ।  
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update