Shittalpati
मगर दिवसमा रामपुरमा सार्वजनिक विदा

पाल्पा,जिल्लाको रामपुर नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते   सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  

 नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रबार बसेको १४ औं कार्यपालिकाको बैंठकले एक दिन विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । ‘मगर समुदायको बाहुुल्यता रहेको रामपुर नगरपालिकामा दिवसका दिन विदा दिने निर्णय गरिएको छ’ नगर प्रमुुख रमणबहादुर थापाद्वारा जारी सूचनामा भनिएको छ । 

 दिवसका दिन नगरपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख थापाले बताए । विगतका वर्षहरुदेखि नै नगरपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको छ । राष्ट्रिय मगर दिवसको अवसरमा रामपुर नगरपालिकाका विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहितका कार्यक्रमहरु हुँदै आएका छन् । रामपुरको बेझाँडमा एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्दै आएको छ । यसवर्ष पनि विभिन्न सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update