Shittalpati
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

पाल्पा,सरकारले आउँदो फागुन ७ को ऐतिहासिक दिनको महत्वलाई जनस्तरमा पु¥याउन तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सरकारले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने भएको हो ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’’को अध्यक्षतामा शुक्रबार बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले  यस वर्षको दिवसलाई भव्यरुपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । दिवसका अवसरमा प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ । राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाड्ढ/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न समेत सरकारले अनुरोध गर्ने भएको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयका छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घर–घरमा दीप प्रज्ज्वलन गरिनेछ । सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन प्रदेशबासीलाई अनुरोध समेत  गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update