Shittalpati
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण  

पाल्पा, साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् ।

संग्रह लोकार्पण गर्दै बरिष्ठ साहित्यकार रानाले आर .वी .निश्चलले उल्टोधारबाट जीवनमा सत्यता खोज्ने अभियानमा लागेको बताए ।  उनले  भने ‘हामी सबै नेपालीलाई ज्युँदो भएर बाच्न कवितामार्फत अनुरोध गरेको छ,  समाजमा केही न केही योगदान गरेर समाज, देशका लागि केही गरेर बाच्नु पर्ने अन्यथा बाचेर पनि मानिसको जीवन मरेतुल्य हुने  कुरा कवितामार्फत व्यक्त गरिएको छ ।’

कार्यक्रममा समिक्षक डा. शंकर प्रसाद गैरेले कविता सङ्ग्रह समिक्षा गर्दै कविताहरुले दिन खोजेका सन्देश, चेतना, हालको सामाजिक, धार्मिक अवस्थाको बारेमा चर्चा गरे । अहिलेको २१ औं शताव्दीमा पनि जातिय विभेद गरेर समाजमा उच्च व्यक्ति कहलाउनेहरु उल्टो धारमा हिडिरहेको  विषयलाई कवितामा जोड दिएको समिक्ष गैरेले  बताए ।

कवि  निश्चलले हिन्दु धर्मको गलत प्रचार गरेर विभिन्न व्यक्ति, शासक केही वर्ग उल्टोधारमा हिडिरहेको अवस्थालाई सच्चाउनु पर्छ र जातियताका कुरा गरेर समाजलाई उल्टोबाटो हिडाउनेहरु सचेत गराउनुपर्छ भन्ने अभिप्रायले कविता संग्रहको ल्याएको बताए । कार्यक्रममा साहित्यकारहरु तिलक लामिछाने, राम प्रसाद अर्याल, मन गहिरे लगायतले कविले साहित्य क्षेत्रमा गरेको योगदान, विगत देखी अहिले सम्मका साहित्यिक यात्रा र उल्टोधारका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार महेन्द्र पन्थी, आयाम कार्की लगायतले उल्टोधारमा प्रकाशित कविताहरु बाचन गरेका थिए ।

१ सय १८ पेजको कविता  संग्रह भित्र ३ खण्डमा  ४८ वटा कविताहरु रहेका छन् । कविता संग्रहको मूूल्य ४ सय  राखिएको छ । कवि निश्चलको मौन हिमालबाट शुरु भएको साहित्यिक यात्रा उल्टो यात्रासम्म आईपुगेको छ । धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षता, सचिव टंक पन्थको  स्वागत र महासचिव राजेश कुमार अर्यालको सञ्चालनमा लोकापर्ण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update