Shittalpati
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव

सन्तोष खनाल
[email protected]

विश्व अहिले चीनको बुहान शहरबाट गत डिसेम्बर महिनाबाट फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त छ । लेख तयार पार्दा सम्मको तथ्याकं अनुसार विश्का २१० बढी देशमा यसले यो भाइरस फैलिएको छ भने विश्वभरी ३८ लाख मानिसहरु संक्रमित छन् । २ लाख ६५ हजार मानिसहरुको मृत्यु भैसकेको छ भने १३ लाख बढी मानिसहरु निको पनि भइसकेका छन् । मृत्यु हुने र संक्रमित हुने संख्या बढ्दो छ ।

विश्वका धनी राष्ट्रहरू अमेरिका, स्पेन, ब्रिटेन, जर्मन, चीन लागायतमा कोरोनाले ग्रस्त छन् । चीनलाई छोडेर हेर्दा धनी राष्ट्रहरूको स्वास्थय प्रणाली कमजोर सावित भएको हो । धनी तथा गरिब राष्ट्रहरु कोरोनाको कहरमा परेका छन् । कोरोनाको कारण राष्ट्ररूले लागु गरेको लक डाउनको कारण मानिसहरूको जनजीवन कष्टकर बनको पनि छ । कोरोनाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको क्षति संगै यसले आर्थिक र सामाजिक क्षेत्रमा पनि नकारात्मक असर पार्ने विषय अहिले चिन्ताको विषय बनको छ । विशेष गरी विश्व बैंक, आइ एफ, अक्सफाम, एशियली विकास बंैक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले विश्वअर्थ व्यवस्थामा देखापर्ने संकटले राष्ट्रहरूमा पर्ने असरबारे चेतावनी दिइसकेका छन् । अर्थशास्त्रीहरू कोरोनाको कारण विश्वले १९२९ को महामन्दी भन्दा गहिरो आर्थिक संकटबाट गुज्रने भन्ने बताइरहेको सन्दर्भमा सन् १९२९ को आर्थिक संकट के हो र यसका विविध आयामबारे संक्षिप्त यहाँ चर्चा गरिएको छ । यस भन्दा अघि विश्व आर्थिक इतिहासका हालसम्म उत्पन्न आर्थिक तथा वित्तिय संकटको छोटो चर्चा सान्दर्भिक हुनेनै छ भुन्ने हेतुले यहाँ राखिएको छ ।

सन् १९७२ को ऋण संकट–

८ जुन १९७२ लण्डनबाट शुरु भई पुरै युरोपमा फैलियो । इतिहासकारहरूका अनुसार यो संकटले Bostan Tea Protests र अमेरिकी स्वतन्त्रा आन्दोलनको लागि योगदान गरेको थियो । सन् १९२९–३९को विश्वव्यापी आर्थिक महामन्दी–जुन बिसौं शदाब्दीको सबैभन्दा खराब आर्थिक परिघटना थियो । (जसको बारेमा थप चर्चा गरिने छ ।)

सन् १९७२–७३ को आर्थिक संकट–

विश्वको तेल निर्यात कार्ता देशहरुको संगठन (OPEC) ले अमेरिकाले अरब राष्ट्रहरुमा युद्व सिर्जना गराएको विरोधमा ओपेकको तेल निर्यात नगर्ने निर्णयले सृजना भएको थियो । जसले अमेरिकी तथा युरोपेली अर्थतन्त्रमा आर्थिक संकट निम्ताएको थियो ।

सन् १९९७ मा देखा परेको एशियन आर्थिक संकट–

यो संकट यस्तो बेलामा उत्पन्न भएको थियो जुन बेला विश्व इतिहासको महत्वपूर्ण घटना सोभियत रुसको समाजबाद को अन्त पश्चात पूँजीवादी अर्थशास्त्री र चिन्तकहरूले अब पूँजीवादमा कुनै समस्या छैन विश्वमा एकमात्र आर्थक नीति पूँजीवादमात्र हो भनिरहेको अवस्थामा उत्पन्न भएको थियो । थाइल्याण्डबाट शुरु भएको याफ् संकटले पूर्वि एसियाकाका एशियन टाइगरस भनिने राष्ट्रहरू, दक्षिण कोरियाका सहित विश्व अर्थव्यवस्थामा संकट उत्पन्न भएको थियो । जुन संकटको मुख्य कारण जुलाई १९७२मा थाइल्याण्डले अमेरिकी डलरलाई विनिमय गर्न रोक्ने निर्णय पछि सिर्जना भएको थियो ।

सन् २००७—०८ को वित्तिय संकट—

सन्१९२९ को महामन्दी पछि देखा परेको अर्कों ठूलो वित्तिय संकटको सृजना अमेरिकी "Housing Bubble" को अन्त अर्थात अमेरिकाकी बैंक Lehman Brother (संसारकै चौथो ठूलो लागानी बैंक) डुबे संगै भएको थियो । जसको प्रभाव विश्वव्यापी भएंको थियो । करिब एक दशक पछि यो संकटबाट विश्व अर्थतन्त्र तग्रिंएको थियो । कोभिड १९ श्रृजित वर्तमानको विश्वयापी आर्थिक संकट । विश्व अर्थतन्त्रमा पूँजीवादको प्रराम्भ १६ औं शदाब्दीमा भएको मानिन्छ । त्यसयताका कालखण्डको इतिहासमा पूँजीवादले विभिन्न आर्थिक, वित्तिय, सामाजिक संकटहरूको सामना गरेको छ जसको छोटो चर्चा तल गरिएको छ ।

सन् १९२९ को विश्वव्यापी आर्थिक मन्दी यसको प्रभाव :

अक्टुबर १९२९ मा न्यूर्योक को प्रशिद्ध शेयर बजार वालस्टीट्रको शेयर बजारमा शेयरको मूल्यमा देखा परेको कमी पछि यो विश्वव्यापी आर्थिक संकटको श्री गणेश भएको थियो । आर्थिक संकटको कारण जनताहरूले बाध्य भएर बैंकमा जम्मा गरेको रकम निकल्न शुरु गरे । पहिलो चपेटामा बैंकहरू पर्न गए बैंकहरू बन्द हुन पुगे । अधिक उत्पादन तथा उपभोगमा आएको कमीको कारण उद्योग कलकारखाना बन्द हुन पुगे र बेरोजागरीको समय शुरु भयो । शेयर बजारमा लगानी हुन सकेन जनताहरुले शेयर बेच्न थाले । १२ अक्टुबर १९२९ मा आर्थिंक संकट शेयर बजारमा ठूलो संकट आयो अर्थात् संकट चरम अवस्थामा पुग्यो जसलाई कालो दिन (Black Thursday) को नामले आर्थिक इतिहासमा बुझिन्छ । यो अर्थिक संकटको कारण त्यस समय अ‍ेमरिकामा १३.७ मिलियन, ब्रिटेनमा २.८ मिलियन, जर्मनीमा ५.६ मिलियन मानिसहरु बोरोजगारी भएका थिए । महामन्दीले अमेरिका, युरोप लगायतका बहुसंख्या राष्ट्रहरूलाइ चपेटाम पारेको थियो । जसले गर्दा यसलाई विश्व्यापी आर्थिक संकट भनेर भनियो । यो आर्थिक संकट अधिक उत्पादनको कारणले भएको थियो । जसलाई पूँजीवादी अर्थशास्त्रीहरु मान्न तयार थिएनन् । उनीहरु शास्त्रीय अर्थशास्त्रीहरुको पूर्ति स्वयंले मागको सिर्जना गर्दछ भन्ने मान्यतामा विश्वास गर्थे । यहाँ उल्लेख गर्न आवश्यक हुन्छ की माक्र्सले पहिलो पटक पूँजीवादी अर्थव्यवस्थामा हुने अधिक उत्पादनले पूँजीवादलाई संकटमा पार्दछ भन्ने व्याख्या गर्ने भएको थियो ।

सन् १९३३ सम्म आइपुग्दा विश्को आर्थिक स्थिति अत्यन्तै नाजुक भएको थियो । आर्थिक मन्दीको कारण सबै वर्गमा बेरोजगारी, भोकमरी आदि समस्या संग जुध्न पर्‍यो । जसको कारण निराशा, अस्थिरता एवं असुरक्षामा वृद्धि हुन पुग्यो । तत्कालिन अमेरिकी राष्ट्रपति हुवरद्वारा विश्को आर्थिरुक संकतबाट जोगाउन योग योजना तथा विश्का ६४ देशका प्रतिनिधिहरु समावेश भएको १९३३ को लण्डन सम्मेलनले पनि संकटबाट मुक्त हनु समाधान निकाल्लन सकेन । आर्थिक संकटबाट उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पर्न गयो । लोकतान्त्रिक सरकारहरू आर्थिक मन्दीबाट श्रृजित जटिल समस्या समाधा गर्न असफल रहन पुगे ।

जनताहरूको प्रजातान्त्रिक व्यवस्था प्रति विश्वास कम हुन थाल्यो । उदार पूँजिवाद र लोकतन्त्र एक अर्काको परिपुरक हो भन्ने मान्यतामा आर्थिक संकटको कारण जनताको लोकतान्त्रिक व्यवस्था प्रतिदका आस्था कम हुन पुग्यो । कतिपय युरोपका राष्ट्र लगायतका देशमा जनताले तत्कालिन सत्तासिन दलहरुको विपक्षमा मत व्यक्त गर्दे सरकारहरू अपदस्थ हुन पुग्यो । युरोपका राष्ट्रहरूमा निम्न तथा मध्यमवर्गीय जनता समाजवादी (साम्यवादी) व्यवस्था तर्फ आकर्षित हुन पुगे । जर्मनीमा हिटलरको अधिनायकतन्त्रको उदय हुन पुग्नुलाई उदहरणको रुपमा लिन सकिन्छ । माथि चर्चा गरिएको सन् १९२९ को महामन्दीको सन्दर्भबाट कोराना श्रृजित आर्थिक संकटको स्थिति अझ भयावह हुने तथ्याकंहरू प्रकाशित भएका छन् । कोरोनाको कहार, लकडाउन कति लामो समय सम्म जान्छ यसले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने विषयमा बहस शुरु भएको छ । अर्थशास्त्रीहरू, आर्थिक क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूले तथ्याङ्क सार्वजनिक गरेका छन् । वर्तमान विश्वयापीकरणको लहरमा श्रृजित आर्थिक संकटका असरहरू देखा पर्न थालिसकेका छन् । नेपाल पनि यस बाट अछुतो रहन सक्दैन, तर्सथ आर्थिक संकटबाट जुध्न कार्यक्रमहरु आवश्यक छन्  । यस विषयमा आगामी लेखमा विचार प्रवाह हनु नै छ  । धन्यवाद ! 
(लेखक त्रिभुवन बहुमुखि क्याम्पस पाल्पा, अर्थशास्त्रका उप—प्रध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update