Shittalpati
त्रिशूलीमा खसेको जिप भेटियो  

चितव,  त्रिशूली नदीमा  खसेको जिप  भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको जिप त्रिशूलीमा भेटिएको हो ।

 भेटिएको जिप भारतीय नम्बरप्लेटको  रहेको छ । जिप सडकबाट करिब ८५ मिटर तल खसेको हो ।   स्थानीयले जिप त्रिशूली नदीमा खसेको सूचना गरेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो ।

केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको  प्रहरीले जनाएको छ ।  उक्त जिपमा क्याविन खाली रहेकाले कति यात्रु सवार थिए भन्ने यकिन हुन भने सकेको  छैन् । यात्रुहरुको खोजी कार्य जारी रहेको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update