Shittalpati
ढाका भ्रमणका सम्झनाहरु

L.C. रामलाल श्रेष्ठ    
मलाई Lions Club of International अन्तर्गत बंगलादेशको ढाकामा हुन गइरहेको ५१ औं इशामे फोरमको कार्यक्रममा जाँदा घुम्दा र आउँदाको विषयमा केही लेख्न मन लागेकाले यो मेरो अनुभव पस्किन खोजेको छु । यदी केही कमजोरी भएको खण्डमा क्षमा प्राथी छु । Lions Club of International अन्तर्गत ISAM Forum को ५१ औं कार्यक्रम मिति December 15-18 सम्म ४ दिनको कार्यक्रम बंगलादेशको ढाकामा भएको थियो । सो कार्यक्रममा नेपालबाट उल्लेखनिय सहभागिता भएको थियो । कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्ष Patty Hill ले गर्नुभएको थियो ।

हाम्रो समूहको टोली प्रमुख एरिया चिफ श्री भिम बहादुर श्रेष्ठ गाइड राजिव हुनुहुथ्यो भने ३९ सहभागी मध्ये विपना लायन्स क्लवबाट १२ जना, रणउजेश्वरीबाट १०, श्रीनगरबाट ६, परवासबाट ४, मान्दब्यबाट ४, शित्तलपाटीबाट २ र पाल्पाबाट १ मध्ये पुरुष १७ र महिला २२ जना । हाम्रो यात्रा मंसिरको २५ गतेदेखि पुसको ७ गते सम्म रह्यो ।

मिति २०८०/०८/२५ गते मिरमिरे उज्यालो नहुँदै हाम्रो यात्रा शुरू भयो । सुनौली हुँदै गोरखपुरको १ बजेको रेलबाट २६ गते विहान कलकत्ताको खडकपुर हुँदै उडिसा प्रदेशको जगन्नाथ पुरी बास बस्यौ र अर्को दिन बिहानै जगन्नाथ पुरी मन्दिरको दर्शन गरियो । सो मन्दिर भब्य रुपमा बनाइएको र सजाईएको रहेछ जहाँ भक्तजनहरुको भिड लाग्दो रहेछ । सोही दिनमा कलकत्ताको दक्षिणी मन्दिरको दर्शन victory cross, Victory park, तारा मंडल हेर्ने मौका पाइयो जस्मा तारा मंडल अत्यन्त रोचक थियो ।
    २०८०/०८/२९ गते राति कलकत्ताबाट प्लेनमा बंगलादेशको राजधानी ढाका पुगियो ३० मिनेटमा Grand Prince Hotel मा ५ दिन बास बस्यौ जुन होटेल १५ तले थियो । दुखको कुरा L.C. मदनलाल बज्राचार्यको Vissa, Passport भएको ब्याग हरायो एयरपोर्टमा, तर २ घण्टा पछि सो ब्याग पुन प्राप्त भयो । 15 Dec. 2023  मा ढाकाको 5 Star Hotel मा ISAME Forum 51st कार्यक्रमको Opening भयो/दोस्रो दिन विभिन्न देशको रिपोटिङ गर्ने दिन थियो भने तेस्रो दिन समापन कार्यक्रम भयो । सो कार्यक्रम भब्य र सभ्य रुपमा सञ्चालन भएको थियो । सो कार्यक्रमको अध्यक्ष Dr.Patty Hill हुनुहुथ्यो भने नेपालको इन्टनेशनल डाइरेक्टर बालकृष्ण बुरलाकोटी र सन्जय खेतान संलग्न हुनुहुथ्यो । तेस्रो दिनमा नेपाली लायन्स क्लबका साथीहरु मात्र विशेष प्रशिक्षण सुझाव सल्लाह निर्देशन दिनुभएको थियो । लायन्स क्लबको ईशामे फोरम कार्यक्रम सकि बंगलादेशको विभिन्न मन्दिर तथा पर्यटकिय क्षेत्र अवलोकन गर्ने मौका पाइयो । त्यहाँ बंगलादेशमा एक मात्रै हिन्दु मन्दिर रहेछ । सो मन्दिरको दर्शन गरियो । त्यहाँको सुपर मार्केट Univercity या Bagaladesh हे¥यौ । सोहि दिन मदनलाल बज्राचार्य र अनुजा बज्राचार्यको Happy Anniversary समेत मनाईयो । बेला–बेलामा नाच्ने गाउने हास्ने अत्यन्तै रमाइलो गरियो । 

बंगलादेशको ठूलो व्यापार केन्द्र साथै औद्योगिक क्षेत्र चट गाउँ र कक्स बजारमा रहेछ । सो ठाउँमा हामी सबैले मार्केटि· गरियो । यहाँबाट फेरि १२० कि.मि.को दुरीमा समुन्द्र किनारा समेत अवलोकन गरियो जो सोह्रे मन छुने खालको थियो । कलकत्ता देखि करिब ६०० कि.मि. टाढा समुन्द्रको विचमा रहेको टापु जसलाई गंगा सागर भन्दो रहेछ । सो टापुको वरिपरी विशाल सागर रहेछ यो महत्वपूर्ण गंगा सागरको भनाई रहेछ “अरू सागर बारबार गंगा सागर एक बार’’ जहां मातापिताको नाममा श्रद्धा समेत गरियो । कलकत्ताको मौरीन होटलमा रातभर मेरो जिवन संगिनी सानु श्रेष्ठलाईSevere muscle Cramping  साथै कडा खालको  Diarrhea भएको कारण शिथिल अवस्थामा पुगिन् र औषधी उपचार पछि ठिक हुँदै गयो । हाम्रो ग्रुपको अगुवा भिम बहादुर श्रेष्ठ, लिला अर्याल, रञ्जना अर्याल, अशेष भट्टराईको कुशल नेतृत्व रÞयो । हामी दुई जना शारीरिक रुपमा, कमजोरी भएको र कहिले काही विरामी भएको कारणले सम्पूर्ण सहभागी साथीहरुको अनुकरणीय सहयोग भएकोमा धन्यवाद दिन चाहन्छु । भौतिक रूपमा सहयोग गर्ने मेरा मित्र सोम बहादुर आले, लिला अर्याल, राजिब भाईलाई विशेष धन्यवाद साथ आभार प्रकट गर्दछु ।

हाम्रो १३ दिनको भ्रमणमा केही सानातिना समस्याहरु नआएका होइनन् मुख्य त हाम्रो भम्रणको कार्यक्रममा नै केही कमजोरी भएकै हो जसले गर्दा केही गुनासाहरु आए तर पनि भ्रमण अत्यन्तै फलदाही भएको मैले महशुस गरेको छु । सम्पूर्ण लायन्स क्लबका साथीहरुलाई म आत्मासाथ भन्न चाहान्छु “कम्तीमा एक पटक क्ष्कबmभ कार्यक्रममा जानुहोस् जीवनमा शिक्षा लिनुहोस् ।’’ जय लायन वाद !

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update