Shittalpati
वायु सेवा निगमका अधिकृत पक्राउ 

पाल्पा, नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा निगमका एक जना अधिकृत पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए । यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update