Shittalpati
निस्दीमा १२ जनाको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

पाल्पा (रामपुर) । निस्दी गाउँपालिकामा १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । परिक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

विदेश तथा अन्य स्थान बाट आएका उनीहरुलाई क्वारेन्टाइनमा बसेको १४ दिन पश्चात आरडीटी परिक्षण गरी घर पठाईएको छ । सरस्वती माध्यमिक विद्यालय निस्दी ५ गल्धामा बसेका १० जना र गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्याल क्वारेन्टाइनमा बसेका २ जना गरी १२ जनालाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले धन्यवाद पत्र प्रदान गरेर घर पठाएका हुन् । उनीहरुलाई एक हप्ता होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको सारुले बताए । उनीहरुलाई क्वारेन्टाइनबाट विदाई गरिएसंगै निस्दीमा क्वारेन्टाइनमा बस्नेको संख्या ४४ जना रहेको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update