Shittalpati
माथागढी क्वारेन्टाइनमा रहेका ६ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’देखिएको छ । लकडाउनपछि पोखराबाट फर्किएर गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडिटी टेस्ट रिपोर्ट नेगेटिभ आएको हो । वडा नं.५ को आगमन चर्जको क्वारेन्टाइनमा रहेका खीनबहादुर जर्घा, रामबहादुर पल्ली, तिलबहादुर वाकावल, खेतबहादुर जर्घा, मानबहादुर राना र अम्बरबहादुर रानाको आरडीटी परिक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीले बताए ।

आरडिटी परीक्षण पछि उनीहरूलाई विदाई गर्दै गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल उनीहरुलाई कम्तिमा एक हप्ता देखि १० दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् । गाँउपलिका सिनियर अहेव अधिकृत गोविन्द प्रसाद भट्टराई, गोठादी स्वास्थ्य चौकिका ल्याव असिस्टेन्ट नारायण सारू, कसेनी स्वास्थ्य चौकिका ल्याव असिस्टेन्ट तेजु राना लगायतको टोली आरडीटी परीक्षणमा खटिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update