Shittalpati
रैनादेवी छहराको क्वारेन्टाइनमा रहेका नागरिकलाई नियमित योग प्रशिक्षण

भुवन रायमाझी

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई योग प्रशिक्षण दिइएको छ । कोरोना महामारीका कारण भारत लगाएत तेस्रो मुलुक र विभिन्न जिल्लाबाट आएका २५ जनालाई नागरिकलाई कोरोना रोग बाट बच्न र आत्मबल बढाउन नियमित योग प्रशिक्षण दिइएको हो । पाल्पा आयुर्वेद तथा स्वास्थ्य केन्द्र तानसेको आयोजना र गाउँपालिको समन्वयमा बैकल्पिक चिकित्सा पद्धतीबाट योग तथा उपचार भइरहेको छ । योग प्रशिक्षणले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धी गर्नुका साथै स्थानीय स्तरमा नियमित औषधीको प्रयोग गर्ने र क्वारेनटाईनमा रहेका मानिसहरुलाई योग ध्यान नृत्य हास्य चिकित्साको माध्यमबाट तनाव ब्यवस्थापनसँगै आत्मबल वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने गाउँपापालिकाले विश्वास लिएको छ ।

क्वारेन्टाईनमा रहेका जेष्ठ नागरिक र बच्चालाई स्थनपान गराउने आमाहरुलाई विशेष स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रमको थालनी गरेको बैध निरीक्षक सरिता केसीले बताईन् । अहिले कवारेन्टाईनमा गाउँपालिकाको समन्वयमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीबाट १४ दिनसम्म नियमित रुपमा नागरिकहरुलाई नियमित योगा तथा जडिबुटीका चिया सेवन गराउने बिधि सिकाउने गरिएको छ । नागरिकमा मानसिक प्रभाव नपोरोस भन्दै आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीबाट गरिने विभिन्न खाले पद्धतीले मानिसहरुमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता समेत बढ्ने भएकाले यस्तो कार्यको थालनी गरिएको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले बताए । क्वारेनटाईनमा रहेका नागरिकहरुलाई १४ दिन सम्म गुड्की, चूर्ण, तुल्सी चिया, योग सम्बनधी विभिन्न खाले पुस्तक सतावरी चूर्ण अश्वगन्धा लगायतका विषयमा प्रशिक्षण दिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update