Shittalpati
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला 

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।

खत्री मंगलबार घरमा कोही कसैलाई थाहा नदिइ हिडेका थिए । उनको खोजतलास गर्ने क्रममा  कालीगण्डकी नदीमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update