Shittalpati
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण

पाल्पा, तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।

शालिक स्व.अयोध्याप्रसाद प्रधानका सुपुत्र दीपरप्रसाद प्रधान र पुत्र बधु अञ्जना श्रेष्ठ प्रधानबाट पिताजीको स्मृतिमा विद्यालयलाई समर्पण गरिएको थियोे । स्व. प्रदान सिद्धहस्त लेखक, साहित्यकार, विद्यालयका संस्थापक/प्रथम प्रधानाध्यापक एवं सेक्रेटरी समेत थिए । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्व.प्रधानको यरुरुोगदानकरुो चर्चा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले शालिक प्रतिष्ठापित क्षेत्रलाई अयोध्या पार्क बनाउने सोंचका साथ आफुहरु अगाडि बढेको बताए ।

 सोही अवसरमा शैक्षिक अन्तक्र्रिया समेत गरिएको थियो । अन्तक्र्रियामा तानसेनको शिक्षा र विद्यालयको शिक्षाको वर्तमान अवस्था र भावि योजनाका विषयमा व्यापक छलफल भएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व शिक्षक, पूर्व विद्यार्थी, चन्दादाता, बुद्धिजीवी, शिक्षासेवी, व्यापारी, जनप्रतिनिधि एवं विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विद्यालयलाई सहयोग गर्ने जापानी नागरिक ओके बाजेलाई विद्यालयले सम्मान समेत गरेको थियो । कार्यक्रममा विद्यार्थीहरूले रमाइलो नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, प्रअ सन्तवीर बरालको स्वागत, शिक्षक मुक्ति न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update