Shittalpati
नेपालमा कोरोना संक्रमतिको संख्या ५१ पुग्यो

काठमाडौं,  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आईतबार थप दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डां समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार थप दुईजनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् । संक्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update