Shittalpati
भारी वर्षाको सम्भावना

काठमाण्डौं, नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
    महाशाखाका अनुसार उक्त मौसमी प्रणालीका कारण अहिले कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राजधानी काठमाडौँको आकाश बिहानदेखि बदली रहेको दिउँसोपख हल्का वर्षाको सम्भावना रहेको छ ।

    दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update