Shittalpati
घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ?

पाल्पा,  २० असार २०८० को मध्ये राती ११ बर्षीया बालिका माथि आफ्नै बाबुले जवरजस्तीकरणी गरेको भन्ने कुरा सुन्नासाथ त्यो पापी को होला ? भन्ने जिज्ञासा र कौतुहलता  उत्पन्न भयो । अनुसन्धानमा अवरोध नहोस्, बालिका स्वयंको बालअधिकार र गोपनीयता समेत हनन् नहोस् भन्ने उद्देश्यले अपराधी आफ्नै बाबु प्रहरी खोरमा परेपछि बालिकाले कानूनले तोके अनुसार सजाय पाउने भईन भन्ने अपेक्षाका साथ हामीले घटना सार्वजनिक गरेनौ, तर एकाएक  प्रहरीको निगरानीमा रहेकी ति पीडित बालिका (हिजो) बुधबार विहानैदेखि गायव भएपछि समाचार सार्वजनिक गर्न बाध्य भयौं । सकभर बलत्कारका केशहरुलाई हामी प्राथमिकतामा राख्न चाहन्नौ । यद्यपी पीडित नै थप पीडित हुन पुगेपछि भने समाचार सार्वजनिक गर्नु हाम्रो बाध्यता बन्यो । 

११ वर्षीया निशा (नाम परिवर्तन) तानसेनको एउटा सार्वजनिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिईन । उनी आफ्नै बावुले यौनशोषण गरेको मुद्दा लिएर गत असार २० गते जिल्ला प्रहरी कार्यालय पाल्पामा पुगिन । पीडितको निवेदनका आधारमा उनका बुबालाई प्रहरी हिरासतमा लिएर अदालतबाट म्याद थप गरी कारवाही अगाडि बढाइयोको थियो । पीडित बालिकालाई गैरागाउँस्थित अभिभावक विहीन बालबालिका आश्रय केन्द्रमा प्रहरीकै अनुरोधमा आश्रय दिइएको थियो,तर उनी साउन १० गते एकाएक त्यहाँबाट बेपत्ता भएपछि उनको अहिले सर्वत्र खोजी भई रहेको छ ।
     

प्रहरी श्रोतका अनुसार घरकै अभिभावकले गरेको यौनशोषण्का कारण उनी मानसिक तनावमा रहेकी थिइन् । ति बालिका बरबराउँने, अनावश्यक बोल्ने, कराउँने गर्थिन् । प्रहरीले उनको स्वास्थ्य परीक्षणपछि सामान्य अवस्थामा रहेको बुझेर घटनाको टुंगो नलाग्दासम्म बाल आश्रयस्थलमा राखेको थियो । श्रोतका अनुसार उनले आफ्नो बाबु, अंकल र अन्य केही बाहिरी व्यक्तिहरुबाट समेत आफुमाथि यौनहिंसा भएको गुनासो गर्ने गरेको बुझिएको छ । प्रहरीले भने आफ्नो बाबु बाहेक अन्यको नाम नलिएको दावी गरेको छ । उनीहरु रोल्पाबाट मजदूरीका क्रममा पाल्पा आई  तानसेनमा कोठा भाडा लिएर बस्दै आएको बुझिन्छ ।   
(घटना अनुसन्धानकै क्रममा रहेकाले नाम/वतन गोप्य राखिएको छ ।)  

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update