Shittalpati
बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा 

पाल्पा,  बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको मृत्यु प्रकरणमा संलग्न आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आशा रेस्टुरेन्ट तथा खाजाघरका सञ्चालकले नै हत्या गरेको खुलेकाले आशा कुँवर र छोरा बिनोदलाई नियन्त्रणमा लिएको हो । 

पौडेल खाजा खाना उक्त होटल गएका थिए । होटल सञ्चालक आसा कुँवर र विनोदसँग विवाद भएपछि उनीहरुले पौडेलको टाउकोमा मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्तिले प्रहार गरी बेहोस बनाएका थिए । त्यसपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेल सोमबार राति बडिगाड गाउँपालिका–६ को आशा रेस्टुरेन्ट तथा खाजाघरमा पौडेल मृत भेटिएका थिए । सोमबार बेलुकी साँढे आठ बजे खाजा खान छिरेका पौडेल राति साढे १२ बजे मृत भेटिएका थिए । घटनामा संलग्न रहेका आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाग्लुुङ्गका प्रहरी नायव उपरीक्षक केशीले जानकारी दिए । 

केही समयअघि भीआईपी पीएसओमा काठमाडौंमा काम गरेका पौडेल एक वर्षअघि मात्र भीमगिठे गएका थिए । पर्वतको कुश्मा नगरपालिका–९ घर भएका पौडेलका पत्नी र दुई सन्तान रहेका छन् । जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update