Shittalpati
औषधी व्यवसायी संघद्वारा निस्दी गाउँपालिकालाई स्वास्थ्य सामग्री

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर क्षेत्रमा रहेका निजी क्लिनिक तथा औषधी विक्रेताहरु पछिल्लो समय संगठित भएर सामाजिक क्षेत्रमा लाग्दै आएका छन् । औषधी विक्रेताहरुको संगठन पूर्वी पाल्पा औषधी व्यवसायी संघले शनिबार निस्दी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले गाउँपालिकाका लागि ३५ वटा सेनिटाईजर, ३ सय वटा माक्स, ५ सय वटा ग्लोब्स प्रदान गरेको हो ।

रामपुर ५ बेझाँडमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान भक्त अर्याललाई पूर्वी पाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठ (राजकुमार)ले संघका पदाधिकारीहरुको उपस्थितिमा सामग्री प्रदान गरेका थिए । सामग्री हस्तान्तरण गर्दै श्रेष्ठले विषम परिस्थितिका बीच पनि अग्रभागमा रहेर जनताको सेवामा खटिएका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, कर्मचारी थप सुरक्षाको लागि सामग्री हस्तान्तरण गरिएको बताए । सामग्री बुझ्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले संघलाई धन्यवाद दिएका थिए । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको अभियान अन्तर्गत संघले रामपुर नगरपालिका मार्फत इलाका प्रशासन, इलाका प्रहरी र सञ्चारकर्मीलाई सामग्री वितरण गरेको थियो । साथै केही दिन अघि संघले सुरक्षा बेस क्याम्प रामपुरका लागि ७९ पिस सेनिटाईजर, २ सय ३० वटा ग्लोब्स र सय वटा माक्स प्रदान गरिसको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update