Shittalpati
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस

पाल्पा, आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइदैं छ ।  प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइने गरिन्छ ।

दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र संघको बाल अधिकारप्रतिको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । नेपालमा बालबालिकाका अधिकार ममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ? यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update