Shittalpati
मिसन अस्पतालमा उपचारत युवकको कोरोना रिपोर्ट‘नेगेटिभ’

पाल्पा । तानसेनको युनाइटेड मिसन अस्पतामा उपचारत एक युवकको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि अस्पताल भर्ना भएका गुल्मीका ३२ वर्षका युवकको रिपोट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

उनमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब (घाँटीको खकार) परीक्षणलाई नमुना संकलन गरी शनिबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको थियो । उनी अस्थायी रुपमा तानसेन बस्दै आएका छन् । केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समेत केही समस्या देखिएपछि युवक अस्पताल भर्ना भएका थिए । नेपालमै बस्दै आए पनि विदेशबाट आएका मानिससँग समेत हेलमेल गरेका कारण ती युवालाई केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समस्या देखिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update