Shittalpati
नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक

पाल्पा,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पाल्पाको सचिवालय बैंठक बसेको छ । पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत सचिवालयको विस्तारित बैंठक तानसेनमा भएको हो ।

बैंठकलाई पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष सोम प्रसाद पाण्डेले सम्बोधन गरेका छन् । बैंठकलाई सम्बोधन गर्दै पाण्डेले पार्टीलाई बलियो र मजबूूद बनाउन संगठन सुदृढीकरण र शुद्धीकरण दुबै अभियान सञ्चालन गर्न थालिएको बताए । उनले संगठन विस्तार गर्दै जनताको पक्षमा आफुु लाग्ने बताए । अध्यक्ष पाण्डेले लालचामा लागेर आन्दोलनलाई धोका दिनेसंग सतर्क हुन समेत आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सचिव राजु गुरुङ , केन्द्रिय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज यादव बहादुर रायमाझी , केन्द्रीय कमिटी सदस्यहरु अशोक कुमार शाही, रमा घर्ती लगायतले आ–आफ्ना धारणा राखेका थिए । बैंठकमा स्थानीय तहको रिपोर्टिङ ,कार्यविभाजन, आर्थिक व्यवस्थापन लगायतका एजेण्डामा छलफल भएको थियो । यस्तै बैंठकले २०८० जेठ मसान्तसम्म नवीकरण, सदस्यता विस्तार , सबै वडा र स्थानीय तह कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । जिल्ला अध्यक्ष कमल पाण्डेको अध्यक्षता र सचिव मोहनलाल गैरेको सञ्चालनमा बैठक भएको थियोे ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update