Shittalpati
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट

कृष्ण पोखरेल
पाल्पा, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।

महासचिव भट्टले भने ‘संघीयताको कारण देशको ढुकुटी रित्तिएकाले, देश टाट पल्टिदै गएकाले तत्काल खारेज गरी स्थानीयतहलाई अझै अधिकारमुखी बनाउनु पर्छ ।’

उनले सरकारले नै बैधानिक रुपमा भष्ट्रचार गर्दै आएको प्रमाणित भएको बताएका छन् । उनले देशका उप प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव नै भष्ट्रचारको आरोपमा पक्राउ पर्नु नै राज्यले संगठित रुपमै भष्ट्रचार गर्दै आएको पुष्टि भएको बताएका हुन् । चप्पल लगाएर सिंहदरबार छिरेका राजनितिक दलका नेताहरुको हाइफाई जीवनशैली, करोडौ रुपैयाँँका घर गाडी जग्गा किन्ने पैसा भष्ट्रचारबाट लुटेको पैसा भएको महासचिव भट्टले आरोप लगाए । काँग्रेस, एमाले र माओवादी नेताहरु बाडी चुडी खाने भष्ट्रचार गर्ने अभियानामा लिप्त रहेको उनले बताए । २०४६ पछिका नेता सांसदहरुको सम्पत्ती छानविन गर्नुपर्ने, स्रोत नखुलेको सम्पत्ती राज्यको नाममा जफत गर्नुपर्ने महासचिव भट्टले बताए । ठूूला राजनीतिक दलहरु नेपाली जनताको भावना विपरित भारत र अमेरीका, युरोपियन युनियनको चाहानामा सञ्चालित रहेको र सरकार पनि सोही भावनाबाट परिचालित रहेको महासचिव भट्टले आरोप लगाए । जनताले नबुझेको कारण राष्ट्रिय जनमोर्चा देखिदा सानो देखिए पनि नेपालको परिवर्तन गर्ने शक्ति जनमोर्चा नै रहेको उनले दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सोम कुमार कार्कीले नेपाली नागरिकलाई गैर नागरिक बनाउने भष्ट्रचारीलाई कडा कानुनी कारवाही गर्नुपर्ने बताए । पार्टीले अबका दिनमा भष्ट्रचार विरुद्धको अभियान गाउँ–गाउँमा सञ्चालन गर्ने बताए । राष्ट्रिय जनमोर्चा गरिव, मजदुर किसान, जाती जनजाती, दलित सबै बर्गको हितमा काम गर्ने पार्टी भएको उनले बताए । सम्मेलनमा अखिल छैठौका सचिव पुरन पोखरेल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष निरु थापा, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य नर्मती सिंजाली, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल थापा लगायतले देशको विकास निर्माण गर्न, जनताको आय आर्जन बढाउन सबै जनता जनमोर्चा बन्नु पर्ने अवस्था आएको बताए । पार्टीका जिल्ला उपाध्यक्ष मानबहादुर बयम्वुको स्वागत, सचिव तिलक गाहाको सञ्चालन र पार्टी अध्यक्ष विशाल दर्लामीको अध्यक्षतामा जिल्ला सम्मेलन चलेको थियो । कार्यक्रममा रक्तिम साँस्कृतिक कार्यक्रममा महासचिव हेमराज आश्रमले बिच बिचमा जनवादी गित गाई भावनात्मक माहोल बनाएका थिए । सम्मेलनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update