Shittalpati
पाल्पाबाट कोरोना आशंकामा एक युवकको स्वाब परीक्षणका लागि बुटवल पठाइयो

पाल्पा, जिल्लाबाट कोरोना आंशकामा एक युवकको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ । तानसेनको युनाइटेड मिसन अस्पतालमा भर्ना भएका ३२ वर्षका युवाको कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब (घाँटीको खकार) परीक्षणलाई नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको हो ।

केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समेत केही समस्या देखिएपछि तानसेन बस्दै आएका गुल्मीका ति युवक अस्पताल भर्ना भएका थिए । उनको कोरोना आंशकमा शनिबार स्वाब परीक्षणका लागि पठाईएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update