Shittalpati
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र

दुर्गाप्रसाद अर्याल
पृष्ठभूमि :
नेपाल २६० २२० देखि ३०० २७० उत्तरी आक्षाश र ८०० ४० देखि ८८० १२० पूर्वी देशान्तरको भौगोलिक अवस्थितिमा रहेको छ । यसले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल समेटेको सानो भौगोलिक विविधता भएको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था भएको भुपरिवेष्ठित दक्षिण एसियाली मुलुक हो । प्राकृत्तिक स्रोत साधनले भरिपूर्ण आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधार गर्न सकिने प्रसस्त सम्भावना र अवसर भएकाले त भन्न मन लाग्छ यहाँ के छैन् ? प्राकृतिक स्रोत साधन, जातजाती, धर्म संस्कृति र भाषामा विविधता भए जस्तै यहाँको आर्थिक वृद्धि र समृद्धिका अवसरहरु प्राप्तिमा पनि विविधतायुक्त अवसरहरु रहेको देखिन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसको नियन्त्रणका लागि राज्यले अबलम्वन गरेको लामो समयसम्मको बन्दाबन्दी तथा रसीया र युक्रेनबिचको युद्वको प्रभाव जसको कारण पेट्रोलियम पदार्थमा आएको मूल्य वृद्धिसँगै नेपालको अर्थतन्त्रमा यसको असर बल्ल देखा पर्न गएको छ  । दुई अंकको रुपमा आर्थिक वृद्धिको सम्भावना बोकेको नेपालको अर्थतन्त्रलाई विश्व व्यापीरुपमा सिर्जना भएका समस्याले नेपालको अर्थतन्त्रमा अवरोधको स्थिति मात्रै हैन संकट उन्मूख अवस्था उत्पन्न गराएको पाईन्छ । यसबाट राज्यलाई मात्रै होइन् व्यापार व्यवसायमा संलग्न व्यक्तिहरु लगायत आम नागरिकमा समस्या थपिदिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा केहि नकरात्मक संकेतहरु देखिएका छन् भने यसबाट अर्थतन्त्र थप संकटउन्मूख नहोस् भन्ने कुरामा चौतर्फी चिन्ता व्यक्त गर्नुका साथै संघीय अर्थ मन्त्रालय लगायत सम्वद्ध निकायहरुले आवश्यक पहल कदमीहरु पनि अगाडि बढाएको देखिन्छ । वैदेशिक मुद्रा सञ्चिती, आयात निर्यात अनुपात, वैदेशीक ऋण वर्तमान अवस्थाले अर्थतन्त्रको यस अवस्थालाई देखाएको छ । यसबाट समृद्धिको यात्रामा केहि समस्या उत्पन्न गराउने देखिन्छ । यसले नेपालको समृद्धिको यात्रामा दीर्घकालिन अवरोध नगरोस् यसतर्फ सजग हुनु जरुरी देखिन्छ ।

विषय परिचय :
अर्थतन्त्र सुधार र आर्थिक समृद्धि एक अर्काका परिपुरक भएकाले आर्थिक समृद्धि प्राप्तिका लागि अर्थतन्त्रका हरेक सुंचकमा सुधार हुन जरुरी देखिन्छ । वर्तमान समयमा यस्तो अवस्था भने देखिने सम्भावना न्यून देखिन्छ । नेपालको आर्थिक वृद्धिको दर पनि ४.७ प्रतिशतको अवस्थामा रहने एसियाली विकास बैंकले प्रक्षेपण गरी सकेको छ । हाल यो ३.५ प्रतिशतको हाराहारीको अवस्थामा रहेको छ भने प्रति व्यक्ति आय १३८१ डलर रहेको छ । पछिल्लो तथ्याकं अनुसार हाल सरकारको व्यय ७ खर्व ७९ अर्ब छ भने आय ६ खर्ब २२ अर्ब रहेको देखिन्छ । आम्दानी भन्दा खर्च धेरै हुनु अर्थजगतमा राम्रो मानिदैन् । नेपाल राष्ट्र बैंक, आर्थिक सर्वेक्षण र विभिन्न निकायहरुले जारी गरेका प्रतिवेदनको अध्ययनबाट अर्थतन्त्रका अधिकाश सुंचकहरु सन्तोषजनक अवस्थामा रहेको देखिदैन । लगानीकर्ताहरुले बंैक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीमा समस्या उत्पन्न भएको छ । उद्यमी, व्यापारी, व्यवसायीहरु उत्साहित देखिदैनन् । चौतर्फी निराशा व्यक्त भएका आवाजहरु सुनिन थालेका छन् । नेतृत्व वर्गले अर्थतन्त्र समस्यामूलक रहेको भनाईहरु व्यक्त गरेको सुनिन्छ । राज्यको आम्दानीले दैनिक सार्वजनिक खर्च धान्नमा समस्या देखिएको छ । आयात निर्यात, विप्रेषण आप्रवा दर , वैदेशीक ऋणको अंशलाई हेर्दा अर्थतन्त्र विगतमा भन्दा केहि समस्या ग्रहस्थ रहेको देखिन्छ । हिजो धान बेचेर खेत किन्ने हामी आज खेत बेचेर चामल किनिरहेका छौं । वि.स २०४६ साल अगाडि धान लगायत उपभोग्य वस्तु निर्यात गर्ने हामी आज सबै उपभोग्य वस्तु आयात गरिरहेका छौं । उक्त समयमा नेपालको आयात भन्दा निर्यातको अंश बढी थियो । विगतको अध्ययनवाट वर्तमान नेपालको अर्थतन्त्र सुधार गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने सम्भावना प्रसस्त रहेको देखिन्छ यसका लागि राजनीतिक अस्थिरता,सरकार परिवर्तनको दरमा नियन्त्रण गरी उपयुक्त नीति तथा योजना निर्माण, प्राकृतिक स्रोत साधनको परिचालन, पूर्वाधारहरुको विस्तार, रोजगारीका अवसरहरु सिर्जना, सार्वजनिक खर्चमा नियन्त्रण गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने देखिन्छ ।

वर्तमान आर्थिक परिदृश्य :
वर्तमान नेपालको अर्थतन्त्रका केहि मुख्य सुंचकहरुमा समस्या उत्पन्न भएको देखिन्छ । यी पक्षहरुलाई सकरात्मक रुपले व्यवस्थापन गर्न चुनौती तथा केहि समय लाग्ने देखिन्छ । राज्यको दैनिक खर्चको व्यवस्थापन गर्न, विदेशी मुद्रा सञ्चीती, आयात निर्यातको अन्तर, वैदेशी ऋणको अंश, शोधान्तर स्थिति सन्तोषजनक अवस्थामा रहेको देखिदैन । अर्थतन्त्रमा थप समस्या सिर्जना नहोस् भन्नका लागि अर्थमन्त्रालय तथा सम्बन्धित पक्षहरुले राज्यका निकायहरुलाई थप व्ययभार कम गर्नका लागि आवश्यक निर्देशन र परिपत्र गरेको देखिन्छ ।

वर्तमान अर्थतन्त्रका मुख्य सुचकको अवस्था :
क) सार्वजनिक ऋण :
हाल नेपालको सार्वजनिक ऋण २० खर्व ७० अर्व ५३ करोड ६३ लाख रहेको छ । राज्यले संघीयता कार्यान्वय र विकास पूर्वाधारहरुको निर्माणका लागि द्विपक्षीय र बहुपक्षीय स्रोतबाट ऋण लिने गरेको छ । सस्तो लोकप्रीयताका लागि तय गरिएका पूर्वाधारहरुको निर्माणले यसको आकारमा थप वृद्धि हँुदै जाने देखिन्छ । यसबाट एकातिर विदेशी मुद्रा साँवा व्याज भुक्तानीमा खर्च भै रहेकाले विदेशी मुद्रा सञ्चितीमा कमी आइंरहेको छ भने ऋण भुक्तानीका लागि ऋण नै लिनुपर्ने ऋण ग्रहस्तताको स्थितीमा हिडेको देखिन्छ । यसमा आवश्यक नीतिगत व्यवस्था गरी निश्चित समय र निश्चित क्षेत्रका लागि मात्रै वैदेशीक ऋण लिने आवश्यक व्यवस्था गर्नु पर्ने देखिन्छ । अर्थतन्त्रलाई सुधार गर्नु छ भने ऋण खोजेर घ्यू खाँउ भन्ने नेपाली उखान त्याग गर्नु जरुरी देखिन्छ ।

ख) कुल ग्राहस्थ उत्पादन (GDP)
राज्यले एक वर्ष भित्र विभिन्न क्षेत्रबाट प्राप्त गर्ने आम्दानीको मौद्रीक मूूल्यलाई न्म्ए भनिन्छ । यसलाई कुनै पनि देशको अर्थतन्त्र अध्ययनको मुख्य पक्षको रुपमा लिन सकिन्छ । आ.व २०७८÷०७९ मा न्म्ए कुल रु ४८ खर्ब ५१ अर्व ६२ करोड रहेकोमा बागमती प्रदेशको अंश सबै भन्दा बढी ३६.९ प्रतिशत र सबै भन्दा कम कर्णाली प्रदेशको ७.१ प्रतिशत रहेको छ । यो तथ्याकं गत वर्षको सोही अवधिको तुलनामा केही कम रहेको देखिन्छ । कुल ग्राहस्थ उत्पादनमा योगदान दिने क्षेत्रहरुको अवस्था गत वर्ष भन्दा सन्तोषजनक भने देखिदैन्न ।

ग) विप्रेषण आप्रवाह :
देशको वैदेशीक मुद्रा प्राप्त गर्ने सबै भन्दा महत्वपूर्ण स्रोतको रुपमा विप्रेषणलाई लिन सकिन्छ । विप्रेषण भित्र्याउने विश्वका देशहरु मध्ये नेपाल सातौं स्थानमा पर्ने गर्दछ । वि.स. २०७९ माघ महिना सम्म यो २७ं.१ प्रतिशतले वृद्धि भई रु.६८९ अर्ब ८८ करोड पुगेको छ भने अघिल्लो वर्ष सोहि अवधिमा यो ४.४ प्रतिशत घटेको थियो । अमेरिकी डलरमा यो आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्व ३० करोड पुगेको छ । अघिल्लो वर्ष यो ५.३ प्रतिशतले घटेको थियो ।

घ) बैंक तथा वित्तीय संस्था :
हाल क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेक सयौं सहकारी संस्थाहरु पूँजी प्रवाहमा सक्रिय भएका छन् । बंैक तथा वित्तीय संस्थाहरु पूँजी प्रवाहका मूख्य पक्षहरु हुन् । निक्षेप संकलन तथा कर्जा प्रवाह र कर्जाको साँवा व्याज असुलिमा केहि समस्या उत्पन्न भएता पनि सञ्चालनमा भने हालसम्म खासै समस्या रहेको देखिदैन । अर्कोतर्फ बैक तथा वित्तीय संस्थाहरु व्याजदर घटाउनु पर्ने चर्को दवाबमा रहेका छन् । यसैबिच प्रधानमन्त्रीको व्याजदर एकल अंकमा झार्नु पर्ने अभिव्यक्ति पनि आई सकेको छ भने बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जा प्रवाहमा केहि प्रतिशत व्याजदर घटाई सकेको देखिन्छ ।

ङ) पुँजी बजार :
अर्थतन्त्रमा आएको नकरात्मक प्रभावले नेपालको पुँजी बजारमा पनि समस्या सिर्जना गरेको देखिन्छ । शेयर, डिवेन्चर आदिमा लगानी गरेकाहरुले पनि ठूलै जोखिम उठाई रहेका छन् । आ.व २०७८ को माघ मसान्तमा नेप्से सूचकाङ् २८०१.६ रहेकोमा २०७९ माघ मसान्तमा यो २१२१ं.९ रहेको देखिन्छ । समग्रमा पुजी बजारका विविध पक्षको तुलनात्मक अध्ययन गर्दा सन्तोषजनक अवस्था नरहेको देखिन्छ ।

च) मुद्रास्फीति :
वार्षिक २ प्रतिशतका दरले हुने मुद्रास्फितिको दरलाई कुनै पनि देशको अर्थतन्त्रमा सकरात्मक रुपमा लिने गरिन्छ । यो हुनु पर्दछ भन्ने अर्थशास्त्रीहरुको धारणा पनि रहेको पाईन्छ । आ.व आ.व २०७९ माघ महिना उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यो ६.२४ प्रतिशत रहेको थियो  । खाद्य तथा पेय पदार्थको मूल्य सुचकाकं १५.२४ प्रतिशत र गैर –खाद्य तथा सेवा समूहको मूल्य सुचकाकं १५.५८ प्रतिशत रहेको छ । समग्रमा मूल्यस्तरमा आएको वृद्धिले उपभोक्ताको दैनिकीमा भने असर पारेको देखिन्छ ।

छ) शोधनान्तर स्थिति :
वि.स.२०७९ माघ महिना सम्म शोधानान्तर स्थिति रु.१३३ अर्ब २१ करोडले वचतमा रहेको छ । अघिल्लो वर्षको सोही अबधिमा शोधानान्तर स्थिति रु.२४७ अर्ब ३ करोड घाटामा रहेको देखिन्छ । अमेरीकी डलरमा यो समीक्षा अबधिमा १ अर्ब १ करोडले बचत रहेको छ भने गत वर्ष २ अर्ब ७ करोडले घाटामा रहेको थियो ।

ज) तरलताको अवस्था :
अर्थतन्त्रमा बेला–बेलामा तरलता अभावको अवस्था सिर्जना भै रहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले तरलता अभावको समस्या सामाना गरेको देखिन्छ । आ.ब. ०७९ माघ महिनमा रिभर्स रिपो ,बोलकबोल,स्थायी तरलता र ओभरनाइट तरलता सुविधा मार्फत कुल रु. ३१४६ अर्ब ९९ करोड तरलता प्रवाह भएको देखिन्छ । यो अवधिमा अमेरिकी डलर २ अर्ब ६० करोड विक्री गरी रु.३३८ अर्ब १३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको देखिन्छ भने गत वर्ष भन्दा यो दर बढी देखिन्छ । नेपालको आयात व्यापारको ठूलो अंश भारतसँंग निर्भर भएको कारण यो स्थिति उत्पन्न भएको हो ।

झ) ब्याजदर :
आ.व २०७९ को माघ महिना सम्म निक्षेपको ब्याजदर ८.४१ प्रतिशत रहेकोमा गत वर्ष सोहि अबधीमा यो दर ६.४९ प्रतिशत रहेको थियो । कर्जा प्रवाह तर्फ सोही अबधीमा १३.०३ प्रतिशत रहेकोमा गत वर्ष सोही अबधीमा यो दर १०.३१ प्रतिशत रहेको पाईन्छ । अनौपचारीक रुपमा वैक तथा वित्तीय संस्थाले विभिन्न कारणहरु देखाई क्रृणको व्याजदर बढाएको मा यस पक्षको चौतर्फी आलोचना भए पछि केहि प्रतिशत व्याजदर घटाएको देखिन्छ ।

ञ) वैदेशिक व्यापार :
विगत दशंकौ अगाडिदेखि नेपालको वैदेशिक व्यापार प्रतिकुल अवस्थामा रहेको देखिन्छ । यस अवस्थाले वर्तमान अर्थव्यवस्थामा थप समस्या उत्पन्न गराएको देखिन्छ । डलर बेचेर भारु किन्नु पर्ने , वैदेशिक मुद्राको संचितीमा कमि आउनुको कारणको रुपमा यसलाई लिने गरिन्छ ।

वर्तमान अर्थतन्त्रमा समस्या उत्पन्न हुनुका कारणहरु :
– COVID-19 को महामारीवाट बच्नका लागि अपनाइएको बन्दा बन्दीको अवस्था ।
– रसिया युक्रेन युद्ध र पेट्रोलिय पदार्थको मूल्यमा आएको वृद्धि ।
– राज्यको नयाँ संरचना र संघीयता कार्यान्वयनमा भएको सार्वजनिक खर्चमा आएको वृद्धि ।
– राजनैतिक अस्थिरता र सरकार परिवर्तनको दर कायमै रहनु ।
– सार्वजनिक ऋणको आकार बढ्दै जानु ।
– औद्योगिकरण र लगानीे वातावरणको अभाव कायमै रहनु ।
– वैदेशिक आयात व्यापारको अंशमा वृद्धि हुँदै जानु ।
– बजेटको आकार तिव्ररुपमा बढाउदै लैजानु ।
– सरकार परिवर्तंनसँगै सार्वजनिक नीतिहरुमा परिवर्तन भैरहनु ।

वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका उपायहरु :
अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राजनीतिक स्थिरता, स्थिर सरकार र माटो सुहाउँदो योजना तथा नीति निर्माणमा विशेष महत्व राख्दै निम्न उपायहरु अवलम्वन गर्नु पर्ने देखिन्छ ।

अल्पकालिन उपायहरु
– सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने ।
– लगानी आर्कषण गर्ने नीति बनाउने ।
– आयातमा कटौती गर्ने ।
– विभिन्न प्रकारका भत्ता, सुविधा र दैनिक प्रशासनिक खर्चमा कटौती गर्ने ।
–स्थानीय तह र प्रदेशले गर्ने खर्चमा आवश्यक मापदण्ड बनाउने ।
–पेट्रोलियम पदार्थको खपतमा मितव्ययिता अपनाउने ।
–दैनिक उपभोग्य वस्तुमा गरिएको अनावश्यक आयातमा पूर्ण नियन्त्रण गर्ने ।
– विशिष्ट र पूर्व विशिष्टताका नाममा गरिने सुविधा र खर्च कटौती गर्ने ।
– रोजगारका अवसर सिर्जना गर्ने ।
– आन्तरिक तथा वाÞय भ्रमणमा कटौती गर्ने ।
– तालिम, गोष्ठीमा कटौती गर्ने ।
– इन्धन खपत कटौती गर्ने ।

दीर्घकालिन उपायहरु
– साना, मझौला र ठूला उद्योगको स्थापना र विस्तारका लागि प्याकेजमै कार्यक्रम अगाडि बढाउने ।
– सस्तो लोकप्रियताका लागि बजेट र योजनामा कार्यक्रम नराख्ने ।
– दरवन्दी पुनः वितरण गर्ने ।
– सरकारी कार्यालयहरु मर्च गर्ने ।
– दैनिक उपभोग्यका वस्तुहरुमा आत्मनिर्भरताका लागि आवश्यक व्यवस्था गर्ने ।
– पर्यटन भिर्याउनका लागि आवश्यक योजना बनाउने ।
– मन्त्री, सासद तथा विशिष्ट पदहरुको संख्या कटौती गर्ने ।
–वौद्धिक पलायन नियन्त्रण गर्ने ।
–विद्युत गृह निर्माणमा तिव्रता दिने ।
प्राकृतिक स्रोत साधनको प्रयोग सम्बन्धी योजना बनाउने ।

आर्थिक समृद्धि :
गणतन्त्र प्राप्ति पछिका सरकारहरुले आर्थिक वृद्धि, समृद्धि र विकासलाई मुख्य उपलब्धीका रुपमा लिएको पाईन्छ । उल्लेख्य सफलता प्राप्त गर्न नसकेता पनि यी तीन विषय वस्तुबाट प्राप्त गर्ने उपलब्धी भने समान रहेको अर्थविद्धहरुको भनाई रहेको पाईन्छ । आर्थिक विकास प्राप्त गर्नु नै आर्थिक समृद्धि प्राप्त गर्नु हो भन्ने विचार पनि पाईन्छ । कुनै पनि देशको अर्थव्यवस्थामा दिगो र उच्च आर्थिक वृद्धि, पूर्ण रोजगारी र जनताको जीवनस्तर सुधार भएको अवस्थालाई आर्थिक समृद्धि भनिन्छ । यस विषयलाई कुनै पनि देशका नागरिकको सन्तुष्टि, शान्ति र आनन्द प्राप्तीसँग पनि जोडेर हेर्ने गरेको पाईन्छ । पञ्चायत कालमा राजा महेन्द्रले पनि आर्थिक समृद्धि र विकासका सपनाहरु नेपाली जनतालाई बाडेका थिए तर आर्थिक समृद्धि र जनताको जीवनस्तरमा सुधार गर्ने कुरामा हरेक सरकारले आफ्नो मुख्य उद्देश्य बनाएता पनि जनताको साशन व्यवस्था मानिने गणतन्त्रसम्म आईपुग्दा आशा गरे अनुसार सफलता भने प्राप्त गर्न सकेको देखिदैन् । आर्थिक समृद्धि सहितको समाजवाद उन्मूख अर्थतन्त्र प्राप्त गर्न सकिने सम्भावना भने रहेको देखिन्छ ।

आर्थिक समृद्धि प्राप्तिका
चुनौतीहरु :
– सुशान स्थापित गरि विधिको साशनको सुरुवात गर्न ।
– भूपरिवेष्टित ।
– दृई ठूला अर्थतन्त्र भएको देशहरुको चेपुवामा पर्नु ।
– नेपाल भारत सिमामा नेपाली उत्पादनको निर्यातमा समय समयमा समस्या उत्पन्न हुनु ।
– बाÞय लगानीलाई आर्कषित गर्न नसक्नु ।
– राजनैतिक स्थिरता र स्थिर सरकार नहुनु ।
– राज्यको नयाँ संरचना र प्रदेश व्यवस्थापनमा थप सार्वजनिक खर्चमा वृद्धि ।
– सार्वजनिक ऋणको रकममा वृद्धि आम्दानीको ठूलो अंश ऋणको व्याज भुक्तानीमा खर्च हुनु ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थ समुहको नेपालको नीति, नियम निर्माणमा प्रभाव पर्नु ।
– औद्योगिकरण नभएका उद्योगहरु पनि बन्द हुने अवस्थामा सञ्चालन हुनु ।
– प्राकृतिक स्रोत साधनको परिचालनमा सरकारहरु वेखवर जस्तै देखिनु ।
– खेती योग्य भूमिलाई शहरीकरण र बस्ती हुनबाट जोगाउन ।
– भ्रष्टाचार, कालो बजारी जस्ता कार्यलाई रोक्न ।
– सार्वजनिक ऋणको मात्रा घटाउदै लान ।

आर्थिक समृद्धि प्राप्त गर्न सकिने आधारहरु :
आर्थिक समृद्धि प्राप्तिमा केहि समस्या तथा चुनौतीलाई व्यवस्थापन गरेर अगाडि बढ्न सक्ने हो भने नेपालमा आर्थिक समृद्धि प्राप्त गर्न सकिने आधारहरु प्रशस्त मात्रामा रहेका छन् यहाँ केहि आधारहरु प्रस्तुत गरिएको छ ।
– जलस्रोतमा विश्व दोस्रो धनी देश ।
– ४२ हजार मेगावाट विद्युत उत्पादन गरी निर्यात गरी White doller देशमा भिर्याउन सकिने ।
– विदेशी पर्यटक भित्राई विदेशी मुद्रा आर्जन गर्न सकिने ।
– युरिनियम, पेट्रोलियम पदार्थ जस्ता खनिज सम्पदाहरुको उत्खनन, प्रयोग र निर्यात ।
– वन सम्पदाहरुको प्रयोग र निर्यात ।
– दैनिक औषतमा २००० का दरले वैदेशिक रोजगारमा गएका युवा शक्तिलाई दक्ष र सिपयुक्त बनाई देश विकासमा लगाउन सकिने ।
– घरेलु र परम्परागत उद्योगलाई आधुनिक तरीकाले सञ्चालन गर्न सकिने ।
– औद्योगिकिकरण मार्फत साना,मझौला र ठूला उद्योग स्थापना र विस्तार गर्न सकिने ।
– सार्वजनिक खर्च कटौती र मितव्ययिता अपनाउन सकिने ।
– विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भिर्यायाउन सकिने ।
– रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने  ।
– सार्वजनीक, निजी र सहकारी बीच सहकार्य गरी आर्थिक उपलब्धी हासिल गर्न सकिने ।
– खेलकुद र मनोरञ्जन जस्ता क्षेत्रहरुमा लगानी विस्तार गरी जनतालाई सन्तुष्टि दिन सकिने ।
– कृषि क्षेत्र र किसानलाई विशेष प्राथमिकता दिई अर्थतन्त्रमा विशेष योगदान दिन सकिने ।
– गरिबी निवारणका लागि गरीव लक्षित व्यवहारिक र कार्यान्वयन योग्य योजना बनाउने ।

समृद्धि प्राप्तिको कार्य योजना
आर्थिक समृद्धि प्राप्तिका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्यान्वयन योग्य योजना बनाएर अगाडि बढ्न जरुरी रहेको देखिन्छ । साथै यहाँ सानो नमुना प्रस्तुत गरिएको छ ।

निष्कर्ष :
वर्तमान अर्थतन्त्र र आर्थिक समृद्धिको मार्ग चित्र एक अर्काका परिपुरक जस्तै हुन् । अर्थतन्त्रको सुधार विना आर्थिक समृद्धि प्राप्त गर्न नसकिने कुरामा दुईमत नरहला । समृद्धि प्राप्तिको दिशामा भने वर्तमान अर्थतन्त्रमा देखिएको समस्याले केहि पछाडी धकिल्दिने कुरामा भने शंका उत्पन्न गराएको छ । अर्थतन्त्र र आर्थिक वृद्धि सकरात्मक र सन्तोष जनक भएको अवस्थामा समृद्धिको मार्ग चित्र पनि तय हुने गर्दछ । वर्तमानबाट पाठ सिकेर त्रुटी सच्याउदै भावि कार्य दिशा तय गर्नु आजको आवश्यकता हो  । यी उल्लेखित पक्षमा सुधार गर्दै तीन तहका सरकारहरु, सम्वद्ध निकायहरु साथै योजना विद्वहरु, अर्थशास्त्रीहरु र नीजि क्षेत्रहरु बीच सहमति, सहकार्य र सम्झौता गरी अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाई अगाडि बढन् सक्ने हो भने तत्कालिन अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै आर्थिक समृद्धिको मार्ग चित्रलाई लक्ष्य उन्मूख बनाउन सकिने देखिन्छ ।

तथ्याकं खोजका स्रोतहरु :
– नेपाल राष्ट्र बैंकको Web Side
– आर्थिक सर्वेक्षण २०७८/०७९, अर्थ मन्त्रालय
– देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती २०७८/०७९, नेपाल राष्ट्र बैंक
– आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति, नेपाल राष्ट्र बैंक
– विभिन्न समयमा प्रकाशित पत्रपत्रिकाहरु
– आर्थिक वर्ष २०७९/०८० को बजेट
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update