Shittalpati
आइसोलेसनमा भर्ना भएकी पाल्पाकी युवतीको कोरोना रिपोट ‘नेगेटिभ’

पाल्पा, तानसेनको युनाइटेड मिसन अस्पतामा आइसोलेसन कक्षमा भर्ना गरिएकी एक युवतीको कोरोना रिपोट ‘नेगेटिभ’ आएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि अस्पतालको आइसुलेसन वार्डमा भर्ना भएकी बगनासकाली गाउँपालिका ८ बराङ्दीकी २३ वर्षकी युवतीको रिपोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

उनको विहिबार थ्रोट स्वाबको नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको थियो । ती युवतीको शुक्रबार रिपोट नेगेटिभ आएको हो । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखापरेकाले स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो । युवती रक्तचाप बढी भएको भन्दै उपचारका लागि बुधबार अस्पताल पुगेकी थिइन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update